मधेशका दुई प्रभावशाली नेता एमालेमा प्रवेश, सिंगो पार्टी नै एमालेमा विलय

काठमाडौं, २७ जेठ । दोस्रो चरणको चुनाव नजिकिँदै गर्दा मधेशका दुई प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेका छन् ।

नेकपा (क्रान्तिकारी) का महासचिव प्रमोद यादवसहित सिंगो समूह र प्राज्ञ रमेश रन्जन झा लगायत एमालेमा प्रवेश गरेका हुन् । प्रमोद तराईमा कम्युनिस्ट आन्दोलनको संस्थापक मानिने सूर्यनाथ यादवका छोरा हुन् । प्रमोदले शनिवार एमाले मुख्यालयमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरी आफू नेतृत्वको पार्टीलाई एमालेमा समाहित भएको घोषणा गरे ।

.

एमाले प्रवेश गरेका झा भने वरिष्ठ संस्कृतिकर्मी एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य हुन् । रामचन्द्र झासँगै एमालेबाट माओवादी प्रवेश गरेका झा पुनः एमालेमै फर्किएका हुन् । झाले आफू विभिन्न नयाँ अनुभव संगालेर आफ्नै घर फर्किएको वताए ।

पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरुले उनीहरुलाई पार्टी प्रवेश गराए ।

.

घेराबन्दीका बीचमा पनि मधेशमा एमाले प्रवेशको लहर देखिन थालेको छ । प्रदेश नम्बर २ का जिल्लाहरुमा राजपा र माओवादी छाडेर यसअघि बिभिन्न नेताहरु एमालेमा प्रवेश गरिसकेका छन् । केही दिन अघिमात्रै राजपाका सहमहामन्त्री समिम मिया अन्सारी तथा लहानका पूर्वमेयर मुन्नी साहसहित माओवादीका तीन पूर्वसांसद एमाले प्रवेश गरेका थिए ।

दैनिक नेपाल डट कम बाट साभार गरिएको 

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…