निर्वाचनबाट तर्सिने दल लोकतन्त्रको हिमायती हुन सक्दैन : अध्यक्ष ओली

नेपालगन्ज, २८ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट तर्सिने राजनीतिक दल लोकतन्त्रको हिमायती हुन नसक्ने बताउनुभएको छ ।

सो दलद्वारा बाँके जिल्लाका लागि चयन गरिएका उम्मेदवारको घोषणासभालाई आज सम्बोधन गर्दै उहाँले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि आप्mनो दल पहिलो हुने दाबी गर्नुभयो ।

.

अध्यक्ष ओलीले चुनाव जित्न जनतामा झुठो आश्वासन बाँड्ने दल सधैँ पराजित हुने चर्चा गर्दै जनताको चेतना स्तरलाई कमजोर सम्झने भुल गर्न हुँदैन भन्नुभयो । “हारजित निर्वाचनको सामान्य प्रक्रिया हो, हार्दैमा आत्तिने र जित्दैमा मात्तिने प्रवृत्तिको आप्mनो दल सधैँ विरोध हो, हार वा जितलाई लोकतान्त्रिक प्रक्रियासँग जोडेर हेरिनुपर्छ”– अध्यक्ष ओलीको भनाइ थियो ।

घोषणासभामा सो दलले जिल्लाको सबै आठ स्थानीय तहका उम्मेदवारको नाम सार्वजनिक गरिएको थियो । एमालेले नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा समसुद्धिन सिद्धिकी, उपप्रमुखमा शान्ति ढकाल, कोहलपुर नगरपालिकाको प्रमुखमा लुटबहादुर रावत, उपप्रमुखमा कृष्णाकुमारी थारुलाई उम्मेदवार बनाइएको छ ।

.

यसैगरी, जिल्लाको बैजनाथ गाउँपालिकाको अध्यक्षमा मानबहादुर रुचाल, खजुरा गाउँपालिकाको अध्यक्षमा किस्मतकुमार कक्षपति, राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा तुल्सीराम थारु, नरैनापुर गाउँपालिकाकाको अध्यक्षमा विक्रम यादव, जानकी गाउँपालिकाको अध्यक्षमा रामनिवास यादव र डुडुवा गाउँपालिकाको अध्यक्षमा सकिल अहमद खालाई उम्मेदवार चयन गरिएको पार्टीका जिल्ला सचिव रत्न खत्रीले बताउनुभयो ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…