२०४२ सालको बमकाण्डका कमाण्डर डा. महासेठ माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, २९ जेठ। बि.सं. २०४२ सालको चर्चित् बम काण्डका कमाण्डर डा. जितेन्द्र महासेठ ने.क.पा. (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । सोमबार दिउँसो पार्टी अध्यक्ष क. प्रचण्डको हातबाट टिका लगाएर डा. महासेठ माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।

.

तात्कालीन गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नेतृत्वमा २०४२ सालमा राजामाथि गरिएको बम हमलाको उहाँ एक कमाण्डर हुनुहुन्थ्यो । बम काण्डपछि डा. महासेठले १३ महिना लामो यातनापूर्ण हिरासत जीवन बिताउनु भएको थियो । जनवादी मोर्चाका नेतासमेत रहेका सिंहले २० वर्ष नेपाल मेडिकल कलेजको निर्देशक भएर काम गर्नुभएको थियो ।

.

आफू राष्ट्रिय एकता र परिवर्तनप्रतिको प्रतिवद्धताबाट प्रभावित भएर माओवादी केन्द्रमा आएको डा. महासेठले बताउनु भयो । उहाँले भन्नुभयो, ‘माओवादीले अघि सारेको राष्ट्रिय एकताको नीति नै सही छ । नेपालभित्रको जुनसुकै भूगोलमा बसेका नेपाली हुन्, तिनीहरुलाई समान आँखाले हेरेर मात्रै राष्ट्रिय एकता बलियो हुन्छ । माओवादीको यो नीतिले देशलाई एकतावद्ध गर्ने निष्कर्षसहित माओवादी केन्द्रमा आएको हुँ ।’

.

डा. महासेठले राष्ट्रिय राजनीतिमा एमालेको प्रभाव लामो समय नटिक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘एमाले अहिले ठूलो पार्टीजस्तो देखिएको छ । तर, यो लामो समय टिक्दैन । भ्रामक कुरा राजनीतिमा दिगो हुँदैन ।’

.

पार्टी प्रवेश गराउँदै अध्यक्ष क. प्रचण्डले डा. महासेठको पार्टी प्रवेशले मधेश र मधेशी बुद्धिजीवीहरुमा निकै ठूलो सन्देश जाने बताउनुभयो । प्रचण्डले भन्नुभयो, ‘माओवादीले मधेश र मधेशी जनतालाई निरास पार्दैन ।

.

सिंगो देशलाई एकतावद्ध बनाएर मात्रै देशको परिवर्तन र विकासले नयाँ गति लिन सक्दछ । तपाईको माओवादी केन्द्रमा प्रवेशले मधेश, मधेशी जनता र मधेशी बुद्धिजीवीहरुमा निकै ठूलो सन्देश जानेवाला छ । ऐतिहासिक व्यक्तित्वको भावात्मक सन्देशले फेरि मधेशलाई एकतावद्ध गर्नेछ ।’

साभार :- reportersnepal

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…