काँगे्रसको चुनावी आमसभामा विकास निर्माणमा जोड

सङ्खुवासभा, ६ असार । धर्मदेवीनगरपालिकास्थित तामाफोकको मुढेबजारमा आज आयोजित नेपाली काँग्रेसको चुनावी आमसभामा सांसद दीपक खड्काले सिंहदरबारको अधिकार जनताको गाउँटोल दूरदराजसम्म ल्याउने पहिलो कार्य काँग्रेसले गर्ने उद्घोष गर्नुहुँदै स्थायी शान्ति र संविधान कार्यान्वयनका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

सो कार्यक्रममा धर्मदेवी नगरपालिकाका काँग्रेसका उम्मेदवार रमेश जिमीले जनताका विकास निर्माणका पक्षमा आफू अहोरात्र लाग्ने बताउनुभयो ।

.

सो कार्यक्रममा उपप्रमुखका उम्मेदवार शोभा घिमिरेले महिलाको हकहित र धर्मदेवी नगरपालिकालाई सुशासन र भ्रष्टाचारमुक्त नगर स्थापित गर्न आफ्नो पहिलो प्राथमिकता हुने धारणा राख्नुभयो ।

कार्यक्रममा पार्टीका नेताहरु थलकुमार लिङ्खा, दीपक लिम्बू, पूर्वसभासद् विना पौडेल, नेपाली काँग्रेस जिल्ला सभापति दीपनकुमार श्रेष्ठ, महासमिति सदस्य ज्ञानबहादुर कार्कीले विकास निर्माणका लागि काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको थियो ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…