कांग्रेससँग अबैध गठबन्धन भएको भन्दै माओवादीका केन्द्रीय सदस्य कृष्ण पोखरेलले पार्टी परित्याग गरी एमाले प्रवेश

असार ७ ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्ण पोखरेलले पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । बुधवार बुटवलमा आयोजित एक कार्यक्रमका बीच पोखरेललाई नेकपा (एमाले) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले पार्टी प्रवेश गराउनुभएको छ ।

.

पोखरेलले लामो समय उक्त पार्टीमा रहेर काम गर्नुभएको थियो माओवादी पार्टीभित्र युवा र वौद्धिक नेताका रुपमा स्थापित पोखरेलले राष्ट्रियताको मुद्दामा एमालेले देखाएको भूमिकाबाट प्रभावित भएर आफू एमाले प्रवेश गरेको बताउनु भयो । ‘मुलुक रहे मात्र हामी रहन्छौं, राष्ट्र र राष्ट्रियताका लागि एमाले बाहेक अरु पार्टीले केही गर्लान् जस्तो लागेन’–पोखरेलले भन्नुभयो ।

.

नेता पोखरेलले माओवादी अझै पनि एउटा झुण्डको रुपमा मात्रै रहेको, पार्टी बनिनसकेको र त्यसलाई पार्टीका रुपमा स्थापित गर्ने कुरामा माओवादी नेताहरु उदासीन रहेकाले पनि आफूले उक्त पार्टी परित्याग गरेको बताउनुभयो ।

.

माओवादी पार्टीमा देखिएको सांगठनिक अराजकताका कारण उसले आफ्नो वर्गीय पक्षधर पार्टी एमालेसँग तालमेल नगरेर कांग्रेससँग तालमेल गरेको भन्दै नेता पोखरेलले यो विषयमा माओवादीका सयौं नेताहरु असन्तुष्ट रहेको जानकारी दिनुभयो ।

.

पाँच नम्बर प्रदेश विभाजनका पक्षमा उभिनु पनि माओवादीको गम्भीर भूल रहेको चर्चा गर्दै नेता पोखरेलले पाँच नम्बर प्रदेश विभाजनका विरुद्ध एमालेको अभियानले आफूलाई सबैभन्दा बढी आकर्षित गरेको बताउनुभयो ।

.

पार्टी प्रवेश गराउँदै उपमहासचिव पौडेलले राष्ट्रियता, स्वाधीनता, विकास र समृद्धिका लागि प्रतिबद्ध भएर काम गर्न नवप्रवेशी नेता पोखरेललाई आग्रह गर्नुभयो ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…