निर्वाचनमा सबैको सहभागिता आवश्यक छ–गच्छदार

विराटनगर, ८ असार । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संविधान कार्यान्वयनका लागि आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताउँदै निर्वाचनमा सबैको सहभागिता आवश्यक भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी सहभागी नभएर आफैँलाई घाटामा पु¥याएको धारणा प्रकट गर्नुभयो । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री गच्छदारले स्थानीय तह सञ्चालनका लागि सरकारले ऐन बनाउन विधेयक दर्ता गरिसकेको र चाँडै ऐन पारित हुने जानकारी दिनुभयो ।

उहाँले स्थानीय विकास मन्त्रालयले स्थानीय तहको तत्काल कार्य सञ्चालनका लागि कार्यादेश जारी गरेको र सबै स्थानीय तहलाई समान कानुन बनाउन निर्देशन दिएको पनि बताउनुभयो ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…