राप्रपा तत्काल वर्तमान सरकारमा नजाने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल वर्तमान सरकारमा नजाने प्रष्ट पारेको छ । पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको केन्द्रीय पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ । बैठकले आगामी भदौभित्र स्थानीय तहको निर्वाचन सम्पन्न भएका छ वटा प्रदेशमा अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

.

प्रदेश– १ को झापा, ३ को हेटौँडा, ४ को पोखरा, ५ नेपालगञ्ज, ६ को सुर्खेत र ७ को कञ्चनपुरमा अधिवेशन गरिने र प्रदेश नं २ मा चुनाव पश्चात् अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीका जनवर्गीय संगठनको निर्वाचन आगामी मंसिरभित्र सम्पन्न गर्ने, प्रत्येक गाउँपालिका, नगरपालिका र प्रदेशमा हिन्दूराष्ट्र जागरणसभा आगामी भदौ मसान्तसम्म सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ ।

.

आगामी भदौभित्र सातै प्रदेशमा वृहत सनातन धर्म सम्मेलन आयोजना गरिने कार्यक्रम समेत छ । मुलुकको समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा गरिएको बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन तत्काललाई कायमै राख्ने र उपयुक्त समयमा उचित निर्णय गर्ने जनाइएको छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…