प्रदेश र केन्द्रको निर्वाचन हुन नदिने षडयन्त्र हुँदैछ : नेता खनाल

इलाम साउन २४। नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताएका छन् ।

 

उनले मुलुक अहिले निर्वाचन वर्षका रूपमा अघि बढिरहेको बताए । इलामको कोल्बुङमा सोमबार आयोजित कार्यक्रममा उनले कार्यकर्तामाझ संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन नै स्थानीय निकाय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न हुन गइरहेको बताए।

“स्थानीय तहको दुवै चरणको निर्वाचनमा एमाले पहिलो भएको छ, अब तेस्रो चरणमा पनि एमाले पहिलो हुन्छ”, नेता खनालले भने ।

प्रदेश नं २ मा तेस्रो चरणमा हुने निर्वाचनमा पनि एमालेको पक्षमा जनलहर बढ्दै गएको बताउँदै खनालले भने, “त्यहाँ पनि एमाले पहिलो पार्टी बन्नेछ, अब एमालेको विजय यात्रालाई कसैले छेकेर छेक्न सक्दैन ।”

 

सरकारले प्रदेश र संघको निर्वाचन मिति तोक्न ढिलाइ गरेकामा आफ्नो पार्टीको आपत्ति रहेको विचार उनले व्यक्त गरे । निर्वाचन हुन नदिन विभिन्न षडयन्त्र भइरहेको बताउँदै उनले त्यस्तो षडयन्त्र परास्त गरेरै छाड्ने दाबीसमेत गरे ।

पूर्वप्रम खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गर्दै पर्यटनका सम्भावनायुक्त जिल्ला भएकाले इलाममा विकास निर्माणमा तीव्रता दिनुपर्ने बताए ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…