प्रचण्डलाई सुजाताको चुनौति- तपाईको धम्कीले काँग्रेस डराउँदैन्

भक्तपुर, २६ साउन । नेपाली काँग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री सुजता कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धम्कीले नेपाली काँग्रेसमा विचलन नआउने बताएकी छन् ।

रफत सञ्चार क्लबमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कोइरालाले बेला बखतमा धम्की दिने प्रचण्डले पछिल्लो समयमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका बिषयलाई लिएर नयाँ सत्ता समिकरणका बारे दिएको अभिव्यक्ति एक धम्की मात्र भएको र धम्कीलाई काँग्रेसले गहन रुपमा नलिएको उनले बताईन् ।

 

कोइरालाले प्रदेश र संसदीय निर्वाचन तोकिएकै समयसीमाभित्र पुरा गर्नुपर्ने बताईन् । यसका लागी सरकार र निर्वाचन आयोगले प्रक्रिया तत्काल अघि बढाउनुपर्ने उनको भनाई छ । निर्वाचनमा कसले जित्छ कसले हार्छ भन्नु भन्दापनि पहिलो कुरा निर्वाचन समयमै गराउनु नै हो नेतृ कोइरालाले भनिन् ‘सबैलाई समेटेर तीनै तहका निर्वाचन सहज रुपमा सफल बनाउनुपर्छ ।’

 

नेतृ कोइरालाले प्रदेश नंम्बर दुईकोसहित तीनवटै तहको निर्वाचनका लागी नेपाली काँग्रेस तयार भैसकेको बताईन् । निर्वाचन सम्पन्न गर्नका लागी आबश्यक कानून तथा विद्येयकहरुलाई छिटोभन्दा छिटो पास गर्नुपर्नेमा उनले जोड दिईन् ।

तराई मधेशका जनता निर्वाचनका लागी आतुर भैसकेको कारण तत्काल विधेयक र नीतिहरु पास गरि जनताको अपेक्षा अनुसार निर्वाचन गर्न जरुरी रहेको उनले बताईन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण मुलुकको हितकै पक्षमा रहेको बताउँदै यो भ्रमणका क्रममा मुलुकको र आम नेपालीका हितका बिषयमा दुईपक्षिय कुराकानी र विविध बिषयमा आपसी सहमति तथा सम्झौता हुन सक्ने पनि बताईन् ।

 

पछिल्लो समय भारत र नेपालबीच केही बिग्रिएको सम्बन्धमा सुधार ल्याउन पनि प्रधानमन्त्रीको भ्रमणले सकारात्मक रोल खेल्ने उनले बताईन् । नेपालमा राजनीतिक दलहरुबीच सहमति सहकार्य भै दलहरु आपसमा मजबुद भएको अबस्थामा बाह्रय शक्तिले हस्तक्षेप गर्न नसक्ने उनको भनाई छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…