राप्रपाःसंविधान सशोधनका विषयमा पुनःविचार गरिने

काठमाडौँ, २ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनका विषयमा पुनःविचार गर्ने भएको छ ।

परिमार्जनसहितको संशोधनलाई समर्थन गर्ने निर्णय गरिसकेको सो पार्टीले संशोधनको प्रस्तावका कारण पार्टी विभाजनका क्रममा रहेकाले सो प्रस्तावको समर्थन नगर्ने सम्भावना बढेको प्रवक्ता भुवन पाठकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभयो । अधिकांश नेताले अहिले पार्टीको एकताका लागि प्रस्तावको विपक्षमा रहन नेतृत्वलाई सुझाएको बताइएको छ ।

यही भदौ ४ गते निर्वाचन आयोगले पार्टी विभाजनको विषयमा गर्ने निर्णयपछि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संशोधनको विपक्षमा निर्णय लिने बताइएको छ । पार्टी विभाजनको प्रक्रियामा लागेका नेतालाई सो प्रक्रिया छाडेर मूलधारको पार्टीमा फर्कन आग्रह गरिएको प्रवक्ता पाठकले बताउनुभयो । उहाँका अनुसार त्यसरी फर्कने नेता तथा पदाधिकारीलाई कारबाही नगरी पूर्ववत् स्थानमा जिम्मेवारी दिइनेछ ।

आगामी असोज २ गते हुने प्रदेश नं २ को स्थानीय तहको तेस्रो चरणमा विभिन्न पार्टीसँग तालमेल गरी आफ्नो सम्भावना नरहेका ठाउँमा अन्य दललाई सहयोग गर्ने तथा सम्भावना भएका स्थानमा अरू दलको सहयोग लिने रणनीति पनि लिइने बताइएको छ ।
राणालाई सत्तारुढ दलले फसाएको आरोप
हेटौँडा–राप्रपाका अध्यक्ष कमल थापाले राप्रपाका केन्द्रीय सदस्यलाई बन्धक बनाइएको भन्ने आरोपको खण्डन गर्दै पार्टी केन्द्रीय समितिको बैठक जहाँ पनि राख्न सकिने बताउनुभएको छ ।

पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष थापाले पशुपतिशम्शेर जस्ता पुरानो राजनीतिज्ञलाई गलत कार्य र गतिविधि गर्न नसुहाउँदो विषय हो भन्दै उहाँलाई सत्तारुढ दलले फसाउने काम गरिरहेको आरोप लगाउनुभयो । केन्द्रीय समितिका निर्णय यही भदौ ४ गते सार्वजनिक गरिने जनाइएको छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…