उपाधि कस्को?

प्तान ज्ञानेन्द्र मल्ल भन्छन्, ‘प्रतियोगितामा हामीले उत्कृष्ट क्रिकेट खेल्दै आएका छौं र फाइनलमा पनि त्यसलाई निरन्तरता दिन चाहान्छौं।’

ज्ञानेन्द्रले भने प्रतियोगितामा सुरुदेखि नै काठमाडौं गोल्डेन्स राम्रो लयमा छ। लिगचरणका ५ खेलमा अपराजित रहँदै काठमाडौं शीर्षस्थानमा रह्यो। पहिलो क्वालिफायरमा धनगढीसँग १ विकेटको झिनो अन्तरले पराजित भएपनि दोस्रो क्वालिफायरमा भने महेन्द्रनगरलाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनायो।

काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल उत्कृष्ट लयमा छन्। २ सय १८ रन जोड्दै उनी प्रतियोगिताका उच्च स्कोरर हुन्। यस्तै, ओपनर अमित श्रेष्ठ १ सय ८४ रन बनाउँदै शीर्ष स्थानको सुचीमा तेस्रो स्थानमा आफूलाई अटाएका छन्। सुवोध भाटीले महेन्द्रनगरसँग कीर्तिमान राखेसँगै उत्कृष्ट लय कायम राखे काठमाडौं धनगढीविरुद्ध हावी हुन सक्छ।

बलिङमा पनि काठमाडौं उत्कृष्ट देखिएको छ। सन्नी पटेल १२ विकट सहित सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् भने राशिद खानले ११ विकेट तथा सहाब आलमले ८ र ललीत राजवंशीले ७ विकेट लिएका छन्।

धनगढीका कप्तान सोमपाल कामीले फाइनल खेल्न उत्साहित रहेको भन्दै राम्रो फिनिसिङ गर्ने चाहाना रहेको बताए। ‘काठमाडौंलाई क्वालिफायरमा पराजित गरेकाले उत्साहित त छौं,’ सोमपालले भने, ‘तर, फाइनल विल्कुल फरक हो, उनीहरुलाई रोक्न हामीले बलिङ, ब्याटिङ र फिल्डिंङमा राम्रो गनैपर्छ’

धनगढीका सुनिल धमला र रोहन मुस्तफा राम्रो लयमा छन्। सुनिलले हालसम्म १ सय ५१ रन तथा रोहन मुस्ताफाले अहिले सम्म १ सय ३८ रन बनाएका छन्। मुस्तफा यूएईका कप्तान समेत हुन्। यस्तै बलिङमा ललित सिह भण्डारीले ११, रोहन मुताफा ७ र सुनिल धमलाले ६ विकेट लिएका छन्।

टीम चौराह धनगढी
रोहन मुस्तफा(यूएई), सोमपाल कामी, अस्फाक अहमद(यूएई), सुनिल धमला, ललितसिंह भण्डारी, राजेशपुलामी मगर, शंकर राना, राजु रिजाल, महेश अधिकारी, आंशु कन्दोई, योगेन्द्रसिंह कार्की, विजय राना, शम्शाद शेद, सिद्धान्तराज शाही, सोनु तामाङ

काठमाडौं गोल्डेन्स
सन्नी पटेल(भारत), सुबोध भाटी(भारत), ज्ञानेन्द्र मल्ल, सन्जय बस्नेत, सन्तोष भट्ट, किशोर महतो, ललितनारायण राजवंशी, रासिद खान, सहाब आलाम, अमित श्रेष्ठ, विक्रम ठगुन्ना, भुपेन्द्र थापा, पुष्प थापा

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: