एमाले–माओवादी एकताको ‘ब्रेक–थ्रु’ केही दिनमै: सापकोटा

नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एमाले माओवादी एकताको ‘ब्रेक–थ्रु’ केही दिनमै हुने बताएका छन्।

 बिहीबार रिपोर्टर्स क्लवको सााक्षत्कारमा नेता सापकोटाले वैशाख ९ गते हुने भनिएको एकताको सम्भावना समाप्त भएको भन्दै छिट्टै एकताको नयाँ मिति घोषणा हुने बताए।

‘बैशाख ९ गते गर्ने भनिएको एकता टरेको छ, तर यो धेरै विलम्ब हुँदैन्, हामी चाँडै नै एकता घोषणा गर्छौं’, उनले भने। उनले एकताका विषयमा शीर्ष तहमा गम्भीर छलफल भैरहेको जानकारी दिँदै चुनाव चिन्ह सूर्य राख्ने विषयमा छलफल भैरहेको र आफूहरुको माग सूर्य भित्र हँसिया र हथौडा हुनुपर्ने रहेको बताए।

पूर्वमन्त्री समेत रहेका सापकोटाले पार्टी एकता घोषणा हुनेमा कुनै द्विविधा नरहेको जिकिर गरे। ‘जनताको जनादेश भनेको नै दुई पार्टीबीच एकता होस् भन्ने नै हो’, उनले भने, ‘जनताले यी दुई सशक्त कम्युनिष्ट पार्टीबाट ठूलो आशा र भरोसा गरेका छन्, हामी सोही अनुरुप नै अघि बढेका छौं।’

उनले दुवै पार्टीको इतिहास गर्विलो र सशक्त भएकोले एकताको मोडालिटी केन्द्र, प्रदेशदेखि स्थानीय निकायसम्म समानताको आधारमा र सम्मानजनक रुपमा हुनुपर्ने स्पष्ट पारे। ‘एकता ठीक ढंगले हुनुपर्यो, दुवै पार्टीका साथीहरुलाई आत्मगौरव हुनुपर्छ’, उनले भने।

पार्टी एकता भनेको दुवै पार्टीका सकारात्मक कुराहरुलई संश्लेषण मात्रै नभएर रासयनिक प्रतिक्रिया अनुसार विचार, सिद्धान्त र संगठन नयाँ सुरुवात गर्नु भएको सापकोटाको भनाइ थियो। दुवै अध्यक्षले आलोपाले बैठकको अध्यक्षता गर्ने पनि समझदारी बनेको उनले सुनाए। सापकोटाले भने,‘एउटा बैठकको अध्यक्षता एउटा अध्यक्षले गर्दा, अर्को बैठकको अध्यक्षता अर्को बैठकले गर्ने उच्च समझदारी कायम गर्ने कुरा भैरहेको छ, औचित्यपुष्टि हुनेगरि कार्यविभाजन हुन्छ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।