ट्रम्प भन्छन्ः किमसँगको वार्ता सफल नहोलाजस्तो भयो भने छोडेर हिँड्छु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँगको वार्ता फलदायी नहुने सम्भावना देखे छोडेर हिँड्ने टिप्पणी गरेका छन्।

फ्लोरिडामा जापानी प्रधानमन्त्री सिन्जो आबेसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले यस्तो बताएका हुन्।

‘यो सफल होलाजस्तो हामीलाई लागेन भने हामी वार्ता गर्दैनौँ। यदि बैठक फलदायी भएन भने म सम्मानपूर्वक बैठक छोडेर हिँड्नेछु,’ ट्रम्पले भने।

‘म सँधै लचक हुन मन पराउँछु, यहाँ पनि हामी लचक हुनेछौँ,’ उनले भने।

यसअघि ट्रम्पले सिआइएका निर्देशक तथा विदेशमन्त्रीमा मनोनित माइक पोम्पियोले उत्तर कोरिया पुगेर किम जोङ उनलाई भेटको पुष्टि गरेका थिए। एजेन्सी

Facebook Comments