प्रकाशशरणले भनेः देउवाको विरोध गर्नेको पार्टीभित्र खैरियत छैन

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवाको विरोध गर्नेहरुको पार्टीभित्र खैरियत नभएको बताएका छन्।

बिहीबार रिपोर्टर्स क्लवको साक्षात्कारमा नेता महतले पार्टीमा देउवाले माथि पु¥याएका र मनोनित गरेकाहरुले नै अहिले उनको आलोचना गरिरहेको आरोप लगाए।

उनले जसले जे आलोचना गरे पनि आरोप लगाए पनि पार्टीभित्र सभापतिलाई बहुमतभन्दा बढीको साथ रहेको दाबी गरे। उनले देउवाको नेतृत्वमा नै कांग्रेस एकढिक्का भएर अगाडि बढ्ने उनको दावी थियो।

नेता महतले अब बस्ने केन्द्रिय कार्यसमितिको बैठकले रित्त रहेका पदाधिकारी मनोनित गर्ने र पार्टीलाई नयाँ कार्यदिशाका साथ अगाडि बढाउने बताए। ‘पार्टी सभापतिजीले चाँडै नै पदाधिकारी मनोनित गर्नुहुन्छ, ढिलो भयो, संगठन क्रियाशिल बनाउनको लागि पनि यो चाँडै गर्नुपर्ने थियो’, उनले भने।

मार्गनिर्देशन बनाउँदै अघि बढाउँछौं।’ उनले पार्टी अब पूर्ण एकताका साथ अघि बढाउने संकल्प सुनाए ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता महतले पार्टीका आन्तरिक विषयहरु भित्रैबाट हल गर्नुपर्ने बताए। ‘कांग्रेसको पहिलो एजेण्डा भनेको पार्टीलाई एक ढिक्का बनाउनु हो, त्यो दिशातर्फ पार्टी अगाडि बढेको छ’, उनले भने, ‘दोस्रो कुरा भनेको कम्युनिष्ट सरकारका बदमासीहरुलाई औंल्याउने र खबरदारी गर्ने हो, अहिलेको सरकारले अधिकार केन्द्रित गरिरहेको छ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।