सुबोध भाटीले प्रहार गरे डीपीएल कै छिटो अर्धशतक

काठमाडौं गोल्डन्सका भारतीय खेलाडी सुबोध भाटीले रुस्लान धनगढी प्रिमियर लिगमा सर्वाधिक छिटो अर्धशतक प्रहार गरेर कीर्तिमान कायम गरेका छन्।

प्रतियोगिता अन्तर्गत जारी दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडविरुद्ध १७ बलमा अर्धशतक प्रहार गर्दै भाटीले सो कीर्तिमान बनाएका हुन्।

१ सय ४३ रनको लक्ष्य पछ्याएको काठमाडौंबाट ओपनिङ गर्न आएका भाटीले ४ चौका र ५ छक्काको मदतमा अर्धशतक प्रहार गरेका हुन्। १८अौं बलमा उनलार्इ विनोद भण्डारीले स्टम्पिङ अाउट गरेका थिए।

यसअघि विराटनगर किंग्सका बाबर हायातले रुपेन्देही च्यालेन्जर्सविरुद्ध लिगचरणमा २८ बलमा अर्धशतक प्रहार गरेका थिए। जारी खेलको पहिलो इनिङमा काठमाडौंकै सन्नी पटेलले एकै इनिङमा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान राखेका थिए। उनले ६ विकेट लिएका थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: