एमआईटी प्राध्यापक पाठक नोबेल पुरस्कारका दाबेदार

नेपाली मूलका अर्थविद् पराग पाठकले सन् २०१८ को अमेरिकी इकोनोमिक एशोसिएशन अवार्ड जितेका छन्। अर्थशास्त्रमा पुर्याएकाे विशिष्ट योगदानका लागि एशोसिएशनले हरेक वर्ष एक जनालाई प्रदान गर्ने जोन बेट्स क्लर्क मेडल यो वर्ष ३७ वर्षे प्रोफेसर पाठकले पाउने भएका हुन्।

अमेरिकामै प्रतिष्ठित मानिने यो अवार्ड ज्ञानका माध्यमद्वारा अर्थशास्त्रमा योगदान पु¥याउने मध्येबाट वर्षेनी एक जनालाई प्रदान गरिन्छ। ४० वर्ष नकटेका अर्थविद्लाई दिइने यो पुरस्कार मासाचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का ३७ वर्षे प्राध्यापक पाठकलाई प्रदान गर्ने निर्णय भएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विश्वकै प्रतिष्ठित विश्वविद्यालय एमआईटी अन्तर्गत बजार डिजाइन र शिक्षा नीतिबारे पाठकले गरेको अनुसन्धानका लागि अवार्ड दिइएको हो। यो अनुसन्धान आधारित भएर तीन ठाउँका अमेरिकी विद्यालयले शैक्षिक नीति परिवर्तन गरिसकेका छन्।

‘मार्केट डिजाइन वास्तविक विश्वको समस्या समाधानको एउटा बाटो हो’, पाठकले भनेका छन्। पाठकको अध्ययन आधारित भएर बोस्टन, डेनभर र न्यु ओर्लिन्सका विद्यालयले उपलब्धि घोषणापत्रको विकास गरेका छन्। यसअघि उनको अनुसन्धानले विद्यालय छनौटको मुद्दालाई समेटेको थियो। यी अनुसन्धान आधारित भएर नीति परिवर्तन गर्ने विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि अब्बल पाइएको छ।

प्रतिष्ठित अमेरिकी अवार्ड पाउने पाठक नेपाली मूलका नागरिक हुन्। न्युयोर्कमा हुर्किएका उनी अमेरिकाका लागि दोस्रो पुस्ताका सदस्य हुन्। काठमाडौंबाट बसाईं सरेर उनको मातापिता अमेरिका पुगेका थिए। त्यसैले उनको विद्यालय तथा विश्वविद्यालय शिक्षा अमेरिकामै भएको हो।

हार्डवर्ड विश्वविद्यालयबाट अप्लाइड म्याथमेटिक्समा स्नातक र स्नातकोत्तर गरेका उनले बिजनेस एकोनोमीमा सन् २००७ मा पिएचडी गरेका छन्।

यो अवर्ड जित्ने अधिकांश अर्थविद्हरु अमेरिकी सरकारको उच्च ओहदामा पुगेका छन्। वा नोबेल पुरस्कार जितेका छन्। अमेरिकी इकोनोमिक एशोसिएशन अवर्डा विजेता न्युयोर्क टाइम्सका कोलमिस्ट तथा सिटी विश्वविद्यालय न्युयोर्ककका प्राध्यापक मिल्टन प्राइडम्यानले अर्थशास्त्रको नोबल पुरस्कार पाएका थिए। पाउल क्रुगम्यान र लरेन्स समर्स क्रमशः ट्रेजरी सेक्रेटरी तथा बाराक ओबामा राष्ट्रपति रहँदा नेशनल इकोनोमिक काउन्सिलको निर्देशक बनेका थिए।

ब्लुम्बर्गको डाटा विश्लेषणअनुसार यो अवार्ड पाउने तीन मध्ये एक जनाले अर्थशास्त्रको नोबेल पुरस्कार जित्ने गरेका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।