भौतिक सम्पत्ति नै बेच्ने प्रयासमा सिन्डिकेटवाला यातायात समिति, सिन्डिकेटलाई सरकारकै साथ रहेको खुलासा

आन्दोलनको तयारीमा रहेका यातायात व्यवसायीमाथि सरकारले कारबाहीको तयारी गरिरहँदा सिन्डिकेट पक्षधर व्यवसायीले भने चलअचल सम्पत्ति नै बिक्री गर्ने तयारी थालेका छन्। यो खबर आजको कारोबार दैनिकमा शिव बोहराले लेखेका छन्।

सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि व्यवसायीले सहयोग नगरे बैंक खाता रोक्कालगायतका कारबाही गर्ने चेतावनी दिएको छ।

यस्तै, सरकारले आगामी साउन १ गतेदेखि देशभरका यातायात समिति नै नविकरण नगर्ने निर्णय गरिसकेको छ। सरकारको निर्णयपछि व्यवसायीले बैंक खाताबाट धमाधम रकम निकालेको पाइएको छ भने केही समितिले भौतिक सम्पत्तिनै बेचविखनको प्रयास गरेको पनि खुलेको छ।

आइतबार बूढानिलकन्ठ मिनिबस व्यवस्था समितिका पदाधिकारीहरु आफ्नो नाममा रहेको जग्गा बिक्री गर्न चावहिलस्थित मालपोत कार्यालय पुगेका थिए। तर, उनीहरुको प्रयास भने सफल हुन सकेन।

संस्थाको नाममा रहेको जग्गा पछि आफ्नो नाममा नआउने हो कि भन्ने डरले समितिहरुले जग्गा बेच्न सुरु गरेको गृह मन्त्रालयको बुझाई छ।

श्रोतकाअनुसार मालपोत कार्यालय चावहिलले नै समितिको नाममा रहेको जग्गाको स्वामित्व व्यक्तिको नाममा हस्तान्तरण गर्न अस्वीकार गरेको हो।

सिन्डिकेटलाई सरकारकै साथ रहेको खुलासा

सरकारकै संरक्षणमा लामो समयदेखि यातायात क्षेत्रमा सिन्डिकेट हुँदै आएको पाइएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन्।

एक वर्षअघि कानुन आयोग र आपुर्ती मन्त्रालयले बनाएको प्रतिस्पर्धा प्रबद्र्धन तथा बजार व्यवस्थापनसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा आपुर्ती मन्त्रालयले लुकाएको खुलेको हो।

उक्त मस्यौदा पारित भएको भए सिन्डिकेट गर्ने व्यक्ति र समूह यतिबेला जेल सजाय भोगिरहेका हुने थिए।

आयोगले सिन्डिकेट कायम गर्ने व्यक्ति, समूह र संस्थालाई फौजदारी कानुनअनुसार कारबाही गर्न सक्ने गरी कानुनको मस्यौदा बनाएको थियो। तर ल्यसलाई मन्त्रालयले गुपचुप राख्दै आएको हो। आपुर्ती मन्त्रालयकै आग्रहमा आयोगले ऐन संशोधनको मस्यौदा २०७३ चैत ४ मा सरकारलाई बुझाएको थियो। सेतो पाटी बाट 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।