यसकारण बदनाम छन् अमेरिकाका यी १० राष्ट्रपतिहरु

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि केही राष्ट्रपतिले आफ्नो नैतिकताका आधारमा पद पनि त्यागे । आउनुहोस् हेरौ अमेरिकी राष्ट्रपतिहरुका सेक्स स्क्यानडलहरु

१. राष्ट्रपति जेम्स भुजानन

अमेरिकी राष्ट्रपतिको इतिहासमा एकमात्र अविवाहित राष्ट्रपति हुन् जेम्स भुजानन । १९ औ शताब्दीमा उनी होमोसेक्सुएल भएको हल्ला व्यापक चलेको थियो । उनी सिनेटर रुफससँग १५ वर्षसम्म सँगै बसेका थिए भने त्यसपछि सिनेटर अलाबासँग बसेका थिए । भुजानन राष्ट्रपति छँदा आरोन भि ब्राउन जसले अमेरिकी पोष्टमास्टर जनरल भएर काम गरेका थिए । उनले त्यसबखत बिलियम रुफस किङ भुजाननको श्रीमति भएको बताएका थिए ।

२. जर्ज डब्लु बुस

डियुआइ र कोकिन प्रयोग गरेको आरोप लागेका जर्ज डब्लु बुस पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आएका थिए । अमेरिकाका ४३ औ राष्ट्रपतिलाई केही सेक्सुअल आरोपहरु लागे । मार्गी डेनिसले उनलाई अपराधिक काम गरेको भन्दै मुद्धा नै दर्ता गरिन् भने बलात्कारको अरोप लगाइन् । पछि उनले आत्महत्या गरिन् । अर्को आरोप ट्यामी फिलिप्सले लगाइन् । १८ महिनासम्म अफयेर चलेको र बुसले यसबीच शारीरिक शोषण गरेको आरोप उनले लगाएकी थिइन् । बुस र उनको सम्बन्ध १९९९ मा अन्त्य भएको थियो ।

३.वारेन जि. हार्डिङ

हार्डिङको १५ वर्षसम्म आफ्नै साथीकी श्रीमती केरी फुल्टन फिलिप्ससँग अफयेर चल्यो । राष्ट्रपति भइरहँदा उनले आफुभन्दा ३० वर्ष कान्छी नान ब्रिटन गरेकी युवतीसँग अफयेर चलाए । २० वर्षकी नानले भावी राष्ट्रपतिकासँग आफ्नो भर्जिनिटी तोडिन् ।

ब्रिटनले एक नाजायज बच्चलाई जन्म दिएको र त्यो बच्चा, एलिजाबेथ एन हार्डिङको भएको बताइएको थियो । सन् १९२३ मा जब हार्डिङको अप्रत्यासित मृत्यु भयो, त्यसबखत हार्डिङको श्रीमतीले बिष खुवाएर मारेको हल्ला व्यापक चलेको थियो । ब्रिटनले प्रकाशित गरेको किताबमा राष्ट्रपतिसँगको सम्बन्धबारे खुलाएकी थिइन् ।

४. थोमस जेफरसन

जेफरसनको सम्बन्ध स्याली हेमिङसँग रहेको थियो । पछि आफ्नै श्रीमतीको बहिनीसँग पनि सम्बन्ध रहेको व्यापक चर्चा चल्यो जसका ६ वटा बच्चाहरु थिए । यसबारे व्यापक विवाद पनि रह्यो । कतिले यस्ता सम्बन्धका लागि उनीसँग समय नरहेको समेत बताए ।

५. डिवइट डि इसेनहावर

इसेनहावरको आफ्नै ड्राइभरसँग अफयेर रहेको थियो । यो कुराको खुलासा एक पुस्तकमा मर्ली मिलरले गरिएकी थिइन् । सन् १९४५ मा इशेनहावरले जनरल जर्ज मार्सलसँग आफ्नी श्रीमतीसँग डिभोर्सका लागि अनुमति मागेका थिए । उनले समरस्बीसँग विवाह गर्न खोजेका थिए । इशेनहावरका बायोग्राफरका अनुसार इशेनहावर र केबीच सम्बन्धबारे बोल्न चाहेनन् तर उनीहरुबीच लव अफयेर रहेको थियो जसमा कुनै प्रश्न छैन ।

६. फ्रयाक्लिन डि. रोसेभेल्ट

एफडिआरको जीवनका धेरै वर्षहरु लुसी मर्सरसँगको सम्बन्धमा बित्यो । लुसी रोसेभेल्ट इलेनोर रोसेभेल्टकी सोसियल सेक्रेटरी थिइन् ।

उनीहरुको रोमान्स सन् १९१६ मा सुरुवात भएको थियो । इलेनोरले मर्सरका प्रेमपत्रहरुको प्याकेट नै फेला पारेकी थिइन् । सन् १९१८ मा उनले श्रीमानसँग डिभोर्स लिइन् । तर, उनीहरुसँगै नै बसे । त्यसपछि इलेनोरले धेरै वर्षसम्म सामाजिक सेवामा रहेर काम गरिन् ।

७. जोन एफ केनेडी

सबैभन्दा धेरै लव अफयेरको चर्चामा रहे जोन एफ केनेडी । उनको सम्बन्ध एन्जी डिकिनसन, मार्लिन डिट्रिच र ज्याकीकी प्रेस सेक्रेटरी पामेला टर्नुरसँग चल्यो ।

सन् १९६२ मा बिङ क्रोबीको घरमा १९६२ मा एक हप्तासम्म बिताएका थिए । एफबीआइ प्रमुख जे. इडगर होभरले उनको बारेमा दिनहुँ रिपोर्ट पाइनै रहेका थिए । जोनले एडिसन रोगका लागि ड्रग समेत लिने गरेको चिकित्सकहरुले बताएका थिए ।

८. ग्रोभर क्भिल्याण्ड

सन् १८८४ को राष्ट्रपतिय क्याम्पिन ताका,द बफेलो इभिनिङ टेलिग्राफले एक चटपटेदार समाचार प्रकाशन गर्या । जसमा क्भिल्याण्डको सेल्सक्लर्क मारिया हालपिनसँग सम्बन्ध रहेको तथा डेट रेप गरेको आरोप लगायो । हाल्पिनले पछि आफु गर्भवती भएको बताएको र क्भिल्याण्डले बच्चा अनाथालयमा राखेको बताइएको थियो । हाल्पिनलाई मानसिक हस्पिटल समेत पुर्याइएको बारेमा भने इतिहासकारहरुको विमति रहेको छ ।

९. बिल क्लिन्टन

बिल क्लिन्टनको लव अफयेरले ठुलै चर्चा पायो । क्लिन्टनको मोनिका लेविन्स्कीसँगको अफयेर, पाउला जोन्स, जेनिफर फ्लावर्स, क्याथलिन विले, एलिजाबेथ वार्ड ग्रासेन र जुलिनिटालाई यौन शोष गरेको आरोप लागेको थियो ।

१०. लियोनडन बि जोनसन

लियोनडनका धेरै नै युवतीहरुसँग अफयेर चल्यो । २१ वर्षिय मडेलिन ब्राउनसँगको अफयेरले उनी विवादमा तानिए । ब्राउन सन् १९५० मा गर्भवती भइन् । जोनसनले उनलाई ह्वाइट हाउसमा लगेको र त्यहाँ उनले छोरा स्टीभनलाई जन्म दिएको इतिहासकारहरु बताउँछन् । तर केही स्कोलरहरु भने यी अरोपहरुको खण्डन गर्छन् । जोनसनले ब्राउनलाई एउटा अपार्टमेन्टमा राखेको र उनलाई मासिक खर्च दिने गरेको समेत बताइएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।