यस्तो थियो अार्सनलमा वेंगरका २२ वर्षे उतारचढाव

इङलिस क्लब अार्सनलका प्रशिक्षक अार्सने वेंगरले २२ वर्षपछि क्लब छाड्ने घोषणा गरेका छन्। उनी अार्सनलका सफल प्रशिक्षक मध्येका एक हुन्।

६८ वर्षिय वेंगरले यस सिजनको अन्त्यमा क्लबबाट विदा हुने उनले बताएका छन्। सम्झौता सकिन अझै एकवर्ष बाँकी हुँदा वेंगरले शुक्रबार क्लब छाड्ने निर्णय गरेका हुन्। अक्टोबर १९९६ बाट आर्सनलको प्रशिक्षक रहेका वेंगरको गतवर्ष क्लबले दुई वर्षका लागि सम्झौता थपेको थियो।

प्रिमियर लिगमा अार्सनल यससिजनमा छैटौं स्थानमा रहेपछि उनीमाथि क्लब छाड्न दबाव बढेको थियो। वेंगरले अार्सनललार्इ तीन पटक प्रिमियर लिगको उपाधि दिलाएका थिए। यस्तै उनले अाफ्नो कार्यकालमा ७ पटक एफए कपको उपाधि पनि अार्सनललार्इ दिलाए।

‘धेरै यादगार वर्षहरुमा क्लबमा रहन पाउँदा म अाभारी छु,’ विदा हुदैं वेंग्गरले भनेका छन्, ‘मैले ती वर्षहरुमा क्लबलार्इ पूर्ण प्रतिबद्धता र एकिकृत रुपमा हाकेको थिए। समर्थकहरु अार्सनलको भ्यालुलार्इ ध्यान पुर्याउनुहोला।’

अार्सनलका सेयरहोल्डर स्टेन कोरियन्केले वेंगरलार्इ विदार्इ गर्नु अाफूहरुको खेल जीवनको सवैभन्दा गाह्रो क्षण भएको बताएका छन्। ‘हामी क्लबमा रहिरहनुको मुख्य कारण वेंगर थिए,’ वेंगरको प्रशंशा गर्दै उनले भनेका छन्, ‘उनी क्लबलार्इ उकास्न मैदानभित्र र बाहिर उतिकै मेहनत गर्थे। उनको दुर्इ दशक लामो मेहनत र निरन्तरता अतुलनिय छ।’

प्रिमियर लिगमा वंगरले ८ सय २३ खेलमा अार्सनलको प्रशिक्षकत्व समालेका थिए। जसमा ४ सय ७३ खेल जिताए भने १ सय ५१ खेले गुमाए।

उतार चढाव

अार्सनलमा अागमन वेंगरको निकै निकै सुखद थियो। सुरुवाती ९ सिजनमा वेंगरले क्लबलार्इ तीन प्रिमियर लिग र चार एफए कपको उपाधि दिलाएका थिए।

क्लबसँग आवद्ध भएको अर्को सिजनमा उनले आर्सनललाई प्रिमियर लिगको उपाधि दिलाएका थिए। त्यससँगै उनकै प्रशिक्षकत्वमा आर्सनलले २००१–०२ र २००३–०४ सिजनको उपाधि हात पारेको थियो। २००३–०४ को सिजनमा त अपराजित रहँदै टोलीले उपाधि जितेको थियो। त्यसबेला अार्सनललार्इ वेंगरले क्लब इतिहासकै सर्वाधिक सफल टोली बनाएका थिए।

२००५ वेंगरले अार्सनललार्इ एफए कपकाे उपाधि दिलएका थिए। त्यसपछि भने अर्को उपाधि जित्न अार्सनलले ९ वर्ष अर्थात ३२८३ दिन कुर्नु पर्यो। त्यसयता भने आर्सनलको लगातारको खराब प्रदर्शन हेर्दा लाग्छ, वेंगरको जमानाबाट फुटबलले अगाडि फड्को मारिसकेको छ, वेंगर निकै पछाडि छुटेका छन्। सायद त्यही कारण नै विश्वभरका आर्सनल समर्थक अहिले क्लबको खराब लयको दोष उनीमाथि लगाइरहेका थिए।

अघिल्लो सिजन त वेंगरविरुद्ध समर्थक सडकमै उत्रेर प्रदर्शन गरेका थिए। तर यसपटक आर्सनल समर्थकमा त्यो जोश पनि बाँकी नरहेको फुटबल पण्डितहरु बताउँछन्।

अाइतबार मात्रै प्रिमियर लिगमा अार्सनले न्यूक्यास्टलसँग २-१ले पराजित भएको थियो। जुन यस सिजनको अार्सनलको ११अौं हार थियो। शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा अार्सनल यस सिजनमा ३३ अंक पछि छ। पुछारको वेस्ट ब्रोमभन्दा त्यति नै अंकले उ माथि छ।

वेंगरले क्लब सम्हालेयता यससिजनमा अार्सनल शीर्ष चार भित्र पनि रहन सकेन्। चौथो स्थानको टोटेनह्याम भन्दा पनि अार्सनल १४ स्थान पछि भएपछि उनले २२ वर्षे प्रशिक्षक पदबाट विदा हुने घोषणा गरेका हुन्

 

Facebook Comments