सभापति देउवाले नेतृत्वबाट राजीनामा दिनुपर्छ: नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्ना मतदाताहरुलाई धन्यवाद दिएका छन् । आज काठमाडौंको डिल्लीबजारमा एक कार्यक्रमको आयोजना गरी उनले आफुलाई निर्वाचनमा विजयी गराई थप जिम्मेवारी दिएकोमा मतदातालाइ धन्यवाद दिएका हुन् । आफु विजय भएपनि नेपाली कांग्रेस पराजित भएको अवस्थामा कांग्रेस पराजयको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय प्रचलनमा निवार्चनमा पराजय ब्यहोरे नेतृत्वले राजीनामा दिने प्रचलन भएको भनदै नेपाली कांग्रेसमा पनि नेतृत्वले राजीनामा दिनुपर्ने आफ्नो मान्यता रहेको सुनाए ।

‘राजीनामा दिने नदिने सभापति को कुरा हो । तर, अन्तर्राष्ट्रिय प्रचलन अनुसार चुनाव हारेपछि तत्कालै नैतिकताका आधारमा नेतृत्वबाट राजीनामा दिने प्रचलन छ । पार्टी सभापतिले पराजयको नैतिक जिम्मेवारी लिनु पर्छ, नेता सिहंले भने ।

अहिलेको निर्वाचनबाट कांग्रेसमा सुधार आवश्यक छ भन्ने जनमत आएको भन्दै आफूहरु विपक्षमा बसेर जिम्मेवार, र सकारात्मक विपक्षीको भुमिका निर्वाह गर्ने उनको भनाई छ ।

‘अब हामी विपक्षीमै बसेर पार्टीलाई जनताको लोकप्रिय एक नम्बर पार्टीं बनाउनतिर लाग्छौं । पार्टीभित्र संगठनात्मक सुधारदेखि विधि विधान अनुसार चलाउन आफुहरुको जोड रहने प्रसट पार्नु हुँदै आवश्यक परे नेतृत्व पनि परिवर्तन हुनसक्ने बताए ।

नेता सिंहले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश छिटो भन्दा छिटो पारित गर्न राष्ट्रपतिलाई आग्रह समेत गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।