यो हो पृथ्वीको पाताल लोक, जहाँ जमीनमुनि यसरी बस्छन् मानिस ! (फोटो फिचर)

सानो हुँदा पाताल लोकका कहानीहरु त निश्चय पनि थुप्रै सुन्नु भएको होला। पाताल लोकका निकै रोमान्चक कहानीहरु हुने गर्थे, जुन आफु भन्दा ठूला व्यक्तिहरु तथा बाल कथाका पुस्तकबाट हामीले सुन्ने या पढ्ने गरिन्थ्यो बाल्यकालमा।

तर, बिस्तारै उमेर बढ्दै गएपछि थाहा भयो की ति सबै काल्पनिक दुनियाँका कथाहरु मात्र थिए। पातालमा जीवन भए पनि नभए पनि ति कहानीहरुले बाल मन मस्तिष्कमा रोमान्च पैदा भने अवश्य गर्थे। यद्यपी, तपाईलाई अचम्म लाग्ला यहि पृथ्वीमै यस्तो स्थान छ जहाँ मानिसहरु पाताल मै बस्छन्।

अफ्रीकन देश ट्यूनिशियाको एउटा क्षेत्रमा आज पनि मानिस जमिन मुनि अर्थात् पाताल नगरीमा बस्ने गर्छन्। अहिले पनि त्यहाँ मानिसहरु पाताल अर्थात् जमिनमुनि बनाएको घरहरुमा बस्ने गर्छन्।

ती घरहरुको निर्माण लगभग एक सदी भन्दा पहिले गरिएको थियो। आनुस, हामि तपाईलाई त्यही पाताल लोकको जीवन कस्तो छ । त्यहाँ मानिसहरु कसरी बसोबास गरिरहेका छन् बताउन जाँदैछौं। यो हो क्षेत्र हो, ट्यूनिशियाको दजेबेल दाहर भन्ने ठाउँ, जहाँ मानिसहरु आज पनि सयौं वर्ष पूराना घरमा बस्ने गर्छन। ती घरहरु जमिन भन्दा तल अर्थात् जमिनको सतह भन्दा तल निर्माण गरिएका छन्।

वास्तवमा यी घरहरु पातालमा बनाउनुको कारण यो क्षेत्रमा चल्ने तातो हावा हो। जसका कारण मान्छेको ज्यानै जाने समेत खतरा हुन्छ। यहाँ चल्ने तातो हवाबाट बच्नको लागी यहाँका मानिसहरुले सयौं वर्षदेखि यहि विकल्प रोज्दै आएका छन्। जसका कारण उनीहरुले धर्तीको मुनी नै आफ्नो घर बनाएर बसिरहेका छन्।

१०० वर्ष भन्दा पनि पुराना यी घरहरुमा मानिसहरु आज पनि मज्जाले बसिरहेका छन्। यहाँको तातोको निकै राम्रो विकल्प उनीहरुले छानेका छन्। यहाँ बस्ने धेरैजसो मनिसहरु तिनै मैशारू हुन्, जसको जग्गा जमीन नजिकै छ। र, जहाँ उनीहरुले खेतीपाती गर्ने गर्छन्। यसबाहेक केही मानिसहरु यो क्षेत्र छोडेर शहरी क्षेत्रमा गएर पनि काम गरिरहेका छन्।

तर, पनि यस ठाउमा बस्ने मानिसहरु अहिले पनि निकै ठूलो संखयामा रहेका छन्। उनीहरुले भन्ने गर्छन, हामीहरुलाई यहि जमीनसंग मायाँ छ, त्यसै कारण उनीहरु यो ठाउँ छोडेर कहिँ पनि जान चाहाँदैनन् ।

यहाँ बनेका धेरैजसोप घरहरु माटोबाट बनेका छन्, जसले भीषण गर्मीमा पनि चिसो बनाई राख्न मद्दत गर्ने गर्छ। यस बाहेक यसको बनावट पनि यस्तो हुने गर्छ की, हावा आउनको लागि प्रसस्त ठाउँ रखिएको हुन्छ ।

र, अर्को कुरा यहाँ बस्ने मानिसहरु अन्य दुनियाँका मानिसहरुसँग कुनै पनि प्रकारको कनेक्सनमा रहने गर्दैनन्। उनीहरुको आफ्नै खालको छुट्टै दुनियाँ रहेको छ। उनीहरु अन्य क्षेत्र अर्थात् यो ठाउँ भन्दा टाडा जहाँ जमिनमा बस्ने मानिसहरु छन् ति कसैसँग पनि जोडिन चाहँदैनन । उनीहरु यसैमा निकै खुसि छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।