साउनबाट श्रमिकको तलब बढ्छ : मन्त्री विष्ट

साउनबाट श्रमिकको तलब बढ्छ : मन्त्री विष्ट

काठामाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नयाँ आर्थिक वर्ष अर्थात साउन १ देखि श्रमिकको तलबमा वृद्धि गरिने बताएका छन्।

मंगलबार राजधानीमा युवा संघ नेपालको २८औं स्थापना दिवसमा बोल्दै विष्टले श्रमिकको तलब बैंकमार्फत प्राप्त हुने गरि व्यवस्था मिलाउन लागेको बताए ।

वैदेशिक रोजगारीको क्रममा ९९ प्रतिशत युवाहरु अदक्ष कामदारका रूपमा विदेशिने गरेको उनले औँल्याए। मन्त्री विष्टले विदेशिने युवाहरुलाई दक्ष बनाई पठाउने र देशभर व्यापक रूपमा रोजगार सिर्जना गर्न सरकार प्रयासरत रहेको बताए।

Facebook Comments