गांगुली र म्याक्सवेलले गरे सन्दिपको प्रसंसा

गांगुली र म्याक्सवेलले गरे सन्दिपको प्रसंसा

काठमाडौं । भारतीय पूर्व कप्तान सौरभ गांगुलीसँगै गौतम गम्भिर र ग्लेन म्याक्सवेलसँग नेपाली युवा बलर सन्दिप लामिछानेले स्टेज सेयर गरेका छन । सन्दिपले भारतीय सञ्चार माध्यम आजतकको सहायक च्यानलले आयोजना गरेको अन्तकृयामा स्टेज सेयर गरेका हुन् ।

आईपिएलमा आबद्ध भएसँगै सन्दिप लामिछानेको चर्चा दिन प्रतिदिन चार्चको शिखरमा जाँदैछ । विश्व चर्चित खेलाडीसाग स्टेज सेयर गर्न पाउँदा धेरै खुसी लागेको सन्दिपले बताएका छन् ।

यस कार्यक्रममा आजतकको सहायक च्यानलले विभिन्न पिँडीका खेलाडीलाई एकै स्टेजमा राखेर अन्तकृया गरेको थियो, भने ग्लेन म्याक्सवेलले युवा खेलाडी सन्दिप लामिछानेका बारेमा खुलेर तारिफ पनि गरेका थिए । यसका साथै सन्दिपलाई सौरभ गांगुलीले पनि प्रश्न गर्दै घरेलु क्रिकेट खेल्दा कति बर्षको थियो भनेर प्रश्न गरेका थिए ।

Facebook Comments