रातारात किन आए विश्वभरीका युवा कम्युनिस्टहरू काठमाडौंमा?खुल्यो यस्तो रहस्य,पढ्नुहोस

रातारात किन आए विश्वभरीका युवा कम्युनिस्टहरू काठमाडौंमा?खुल्यो यस्तो रहस्य,पढ्नुहोस

विश्वका कम्युनिष्टहरुलाई एकतावद्ध गर्ने उद्देश्यका साथ ४० देशका कम्युनिष्ट अगुवा काठमाडौं आइपुगेका छन्। विश्व प्रजातान्त्रिक युवा संघमा आवद्ध ४० देशका कम्युनिष्ट अगुवाहरु नेपालको कम्युनिष्टहरुको संघर्ष, आन्दोलन, एकता र जनसम्बन्धका विषयमा जानकारी साथै डब्धुडिएफआईको बैठकका लागि नेपाल आएका हुन्। विश्व प्रजातान्त्रिक युवा संघमा अनेरास्ववियु, युवासंघ र स्ववियु काउन्सिल सदस्य रहेका छन्।

आउँदो जेठ ९गते आयोजना हुने युवा सम्मेलनको व्यवस्थापन अनेरास्ववियुले गरिरहेको छ।राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा लागि सोमबार पत्रकार सम्मेलन हुने अनेरास्ववियु अध्यक्ष नबिना लामाले जानकारी दिइन्। कार्यक्रमको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रुपमा गर्ने छन्। कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिने भएको छ।

कार्यक्रममा बेलायत, रसिया, कोरिया, श्रीलङ्का, भियतनाम,जापान,पेरु,अल्जेरिया,इक्वेडर,दक्षिण अफ्रिकालगायत विश्व प्रजातान्त्रिक युवा संघमा आवद्ध ४० देशका कम्युनिष्ट अगुवाहरुको नेतृत्व संघका अध्यक्ष निकोलसले गरिरहेका छन्। संघले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको विषयमा समेत विभिन्न जानकारी लिने लामाले बताइन्।

अनेरास्ववियु प्रवक्ता एव प्रचार विभाग प्रमुख सुदिप शर्माले संघले विश्वको कम्युनिष्ट राजनीतिक इतिहासको समेत अध्ययन अनुसन्धानको काम गर्दै आइरहेको र नेपालको कम्युनिष्ट इतिहास, नेपालको शसस्त्र जनयुद्ध र अहिलेको वाम एकताका बारेमा धेरै जिज्ञासा राख्न खोजिरहेको जानकारी दिए।

Facebook Comments