भिखारी महिलाको मृत्युपछि भेटियो यतिधेरै सम्पत्ति, प्रहरी नै चकित

भिखारी महिलाको मृत्युपछि भेटियो यतिधेरै सम्पत्ति, प्रहरी नै चकित

एजेन्सी । सडकमा भिख मागेर गुजारा चलाउँदै आएकी एक महिलाको जीवन दुख र कष्टमा वित्यो। तर आफू करोडपति छु भन्ने कुरा उनलाई कहिलै थाहा भएन्।

जब उनको मृत्यु भयो, तब उनको पम्पत्तिका बारेमा पत्ता लाग्दा प्रहरी नै चकित भयो। उनको मृत्युपछि उनको साथबाट बरामत भएको कागजातबाट प्रहरीले उक्त सम्पत्तिका बारेमा थाहा पाएको हो।

यो घटना लेबनानको हो। त्यहाँको सडमा भिक माग्दै आफ्नो गुजारा चलाउँदै आएकी फातिमा ओथमानको सम्पत्तिले थाहा पाएपछि प्रहरीनै आश्चर्यमा परेको हो। फातिमा शारीरिक रुपमा असक्त थिइन्। उनको हात खुट्टा चल्दैन थिए। त्यसैले उनले सडममा भिक मागेर आफ्नो जीवन जिउँदै आएकी थिइन्।

त्यहाँको स्थानीय प्रहरीले फातिमाको शव एक वेवारिस् कारमा बरामत गरेको थियो। उनको साथमा बैँकका कागजात पनि फेला पारेको थियो। जस अनुसार उनको खातामा १.७ अरब लेबनानी पाउण्ड अर्थात ७.४ करोड भारु रुपैयाँ जम्मा भएको तथ्य फेला परेको हो। उनका परिवार पनि उनको सम्पत्ति थाहा पाउँदा स्तब्ध बनेका छन्।

उनको हर्टअट्याकका कारण निधन भएको थियो। जब लेबनान सैनिकले उनलाई पनी पिलाउन लागेको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेपछि उक्त महिलाको समाचार भाइरल बनेको हो।

Facebook Comments