प्रतिबन्धको २ महिनापछि डेभिड वार्नरको जीवनमा फेरि बज्रपात, लुटियो सबै खुसी

प्रतिबन्धको २ महिनापछि डेभिड वार्नरको जीवनमा फेरि बज्रपात, लुटियो सबै खुसी

एजेन्सी। बल टेम्परिङमा दोषी पाइएपछि १ वर्षको लागि खेल्न प्रतिबन्ध लगाइएको अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरको जीवनमा फेरि ठूलो बज्रापात परेको छ । वार्नरकी पत्नी केन्डिसले हालै बल टेम्पिरिङ विवादपछि आफूले पेटमा हुर्किरहेको बच्चा गुमाएको बताएकी छिन् । टेम्परिङ विवादकै कारण आफूलाई नराम्रो झट्का लाग्दा गर्भपतन भएको उनले बताएकी छिन् ।

अस्ट्रेलियाको ‘वुमन्स’ साप्ताहिकसँग कुराकानी गर्दै केन्डिसले भनेकी छिन् ‘बल टेम्परिङ विवादमा वार्नरले माफी मागेको केही दिनमै मेरो अत्याधिक रक्तस्राव भयो । मैले रुँदै डेभिडलाई बोलाएँ । हामीले बुझिसकेका थियौं हाम्रो हुनेवाला बच्चा अब यो संसारमा आउनेवाला थिएन । हामी एक अकर्धालाई अंगालो हालेर रोयौं ।’केन्डिसको खmोसापछि वार्नरले पनि सामाजिक संजालमा एउटा पोस्ट लेख्दै पत्नीको साहसको सम्मान गरेका छन् ।

Facebook Comments