बिश्वास नलाग्ने खबर “३३ किलो सुन कान्डमा : एसएसपी श्याम खत्री

बिश्वास नलाग्ने खबर “३३ किलो सुन कान्डमा : एसएसपी श्याम खत्री

एसएसपी श्याम खत्रीलाई प्रहरीले किन लुकाउदै छ ? प्रेमलाल चौधरीको हिरासतमै आत्महत्या कि ‘हत्या’ ?काठमाडौं, १० जेठ । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेतीको मोरङ अदालतमा बयान सुरु भए पछि घटनालाई नयाँ मोडबाट विश्लेषण र छानबिन गर्न थालिएको छ ।

गोरेले राखेको मानव अधिकारकर्मीको रहोबरमा मात्र हिरासतमा बस्ने पहिलो सर्तले नै विविध कोणबाट गहन छानबिनका संकेत गरेको छ । गोरेको बयान बिहीबार पनि जारी छ ।

न्यायाधीश नारायणप्रसाद शर्माले जिल्ला प्रहरी कार्यालय मोरङलाई मानव अधिकारकर्मीको रहोबरमा हिरासतमा राख्न आदेश दिइसकेको छ । अदालतको यो आदेशसँगै अब सुन प्रकरणका ठूला माछाको नाम गोरेले भन्नसक्ने अनुमान गरिएको छ ।

सुन प्रकरणमा मुछिएका विमान कर्मचारी प्रेमलाल चौधरीको आत्महत्या पनि हत्या हुनसक्ने गोरेको मागले संकेत गरेको छ । त्यसैले पनि उनले प्रहरीको रहोबरमा मात्रै नै हिरासतमा नबस्ने भनेका हुन् । ‘उनले सुरक्षाको प्रत्याभुती चाहेका छन् । यस प्रकरणमा जे पनि हुनसक्ने भएका कारण डराएका छन् । त्यसकारण मानव अधिकारवादीको रहोबर खोजिएको हो’, गोरेका कानुन व्यावसयी यमबहादुर मगरले भने,‘अदालतले त्यसलाई अनुमतिसहित आदेश दिइसकेको छ ।’

यसैबीच सुन तस्करी प्रकरणका मुख्य दोषी एसएसपी श्याम खत्रीलाई प्रहरीले नै भगाएको छ । सुन तस्करी गोरेबाट मात्र नभएर अन्य समूह र गिरोहबाट पनि हुने गरेको जानकारी खत्रीलाई छ । हराएको साढे ३३ किलो सुन गोरेको गिरोहले तस्करी गरे पनि सीआइबीले केही समय अघि पक्राउ गरेको अर्को ३३ किलो सुन फरक गिरोहले तस्करी गरेको थियो । जुन प्रकरणमा खत्रीले मुद्दा समेत खेप्नु परेको थियो ।

उच्च स्रोतले भन्यो,‘प्रहरीका वरिष्ठ अधिकारीदेखि ठूलो गिरोह नेपालभित्र र शक्तिशाली गिरोह नेपालबाहिर सक्रिय रहेको सुराक खत्रीसँग छ । त्यसकारण प्रहरीलाई चलाउने गिरोहले उनलाई जोगाइरहेको छ ।’

सुन तस्करी प्रकरणको खोजीमा गृह मन्त्रालयको छानबिन टोलीको सक्रियता अनुसन्धानमा रहेको छ । तर साढे ३३ किलो हराएको सुन खोजीका लागि प्रहरीको तत्परता नहुनुले पनि खत्रीलाई बचाउने खेल भएको बताइन्छ ।

खत्री दुबईबाटै आएको ३४ किलो सुन काण्डमा पक्राउ गरी मुद्दा चलाइएका अधिकृत हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले प्रहरी प्रधान कार्यालयबाट पक्राउ गरेको थियो ।

सुनकाण्डमा मुछिएपछि खत्रीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरी प्रधान कार्यालय नक्शालमा सरुवा गरिएको थियो । बिचौलियाको चलखेलपछि सर्वोच्च अदालतमा उनलाई सफाई दिइएको थियो ।

Facebook Comments