सन्दीप लामिछाने विश्व ११ बाट आज लर्डसमा खेल्दैं, यसरी हेर्नुस नेपालमा प्रत्यक्ष प्रसारण

सन्दीप लामिछाने विश्व ११ बाट आज लर्डसमा खेल्दैं, यसरी हेर्नुस नेपालमा प्रत्यक्ष प्रसारण

काठमाडौं, १७ जेठ ।वेस्टइण्डिजविरुद्धको खेल खेल्न आसीसी विश्वका ११ टिमको प्रतिनिधित्व गर्न नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने लन्डन पुगेका छन् । यो च्यारिटी टि-२० खेल नेपाल समय अनुसार आज राति १० बजेर ४५ मिनेटमा सुरु हुने छ । यस च्यारिटी खेलको अफिसियल प्रसारक सोनी सिक्स, सोनी सिक्स एचडी र सोनी लिभ रहेको छ भने यिनै च्यानलमा प्रत्यक्ष प्रशारण हुदै छ । सन्दीप लन्डन जानु अघि मंगलबार पत्रकारहरुसँग कुरागर्दै सन्दीपले आफ्नो लागि अनुभव हासिल गर्ने ठुलो मौका भएको बताएका थिए । उनले यस्तो खेलमा खेल्न पाउने नपाउने भन्दा पनि ठुला खेलाडीहरुसँग ड्रेसिङरुम सेयर गर्न पाउनु पनि ठुलो कुरा भएको बताउदै सन्दीपले आफुले पाएको मौका नेपाल र नेपाली क्रिकेटको लागि गर्वको कुरा भएको बताएका थिए ।

वेस्ट इन्डिजमा गत वर्ष आएको आँधीका कारण भत्किएको रंगशाला निर्माणमा सहयोग जुटाउन हुने च्यारिटी खेलका लागि वेस्ट इन्डिजविरुद्ध हुने टी–२० खेलमा सन्दीपको छनौट भएपछि उनि त्यसतर्फ जान लागेका हुन् ।

सन्दीपलाई गत जेठ २ गते आसीसीले सन्दीपलाई विश्व ११ टिममा सामवेश गरेको थियो ।

इंग्ल्यान्डको लर्ड्स मैदानमा हुने खेलका लागि विश्व ११ टिमको नेतृत्व पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले गर्दै छन् । यस अघि इङल्याण्डका इयान मोर्गनलाई विश्व ११ टिमको कप्तान बनाइएको भएपनि उनि घाइते भएपछि उनको ठाउमा अफ्रिदीलाई कप्तान बनाइएको हो । मोर्गनको ठाउमा इङल्याण्डका साम ब्लिंग्सलाई समावेश गरिएको छ ।

त्यस्तै अन्य खेलाडीमा साम कुरान, तमिम इकबाल, दिनेश कार्तिक, राशिद खान, मिचेल म्याकलेनघन, सोएब मलिक, मोहमद सामी, अदिल राशिद, थिसारा परेरा, लुक रोची र सन्दीप लामिछाने रहेका छन् ।

वेस्ट इन्डिज टिममा कार्लोस बार्थवेट (कप्तान), स्यामुयल बद्री, क्रिस गेल, इभिन लेविस, मार्लोन स्यामुयल्स, आन्द्रे रसेल, रयाद एमरीट, आन्द्रे फ्लेचर, आशले नर्स, कीमो पाउल, दिनेस रामदीन (विकेट किपर) र केस्रिक विलियम्स रहेका छन् ।

Facebook Comments