बुटवल दोभान सडक खण्डमा खसेको पहिरोमा परेर एक जना बेपत्ता

बुटवल दोभान सडक खण्डमा खसेको पहिरोमा परेर एक जना बेपत्ता

बुटवल १८ जेठ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–दोभान सडक खण्डको हेडबक्समा खसेको पहिरो पार गर्ने क्रममा १ जना बेपत्ता भएका छन् ।

दोभान हुँदै बुटवलतर्फ आइरहेका गोपाल रेश्मी सम्पर्कविहीन भएको दोभान प्रहरी चौकीका सई बनारसी गुप्ताले बताए ।

रेश्मी पहिरोमा पुरिए वा सुरक्षित अवस्थामा कतै छन् भन्ने यकिन हुन सकेको छैन । उनले बोकेको मोबाइलमा घण्टी गए पनि बिहान ६ बजेदेखि साढे ९ बजेसम्म रिसिभ हुन नसकेको गुप्ताले बताए ।

सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल – तानसेन सडक खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ ।
सडकखण्डको तिनाउ ३ हेडबक्स नजिकै ९सिद्धबाबा नजिकै० बिहान ३ बजे पहिरो खसेपछी सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

राजमार्ग बन्द भएपछि उत्तर–दक्षिण राजमार्गका सबै सवारी साधन ठप्प छन । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारी साधन बाटोमै रोकिएका छन् ।

Facebook Comments