नेपालमासमेत सुटिङ भएको तमिल सुपरस्टार चियान विक्रम अभिनित ‘सामे स्क्वायर’को धमाकेदार एक्सनसहित ट्रेलर रिलिज (ट्रेलरसहित)

नेपालमासमेत सुटिङ भएको तमिल सुपरस्टार चियान विक्रम अभिनित ‘सामे स्क्वायर’को धमाकेदार एक्सनसहित ट्रेलर रिलिज (ट्रेलरसहित)

काठमाडौं, २१ जेठ । तमिल सुपरस्टार चियान विक्रम अभिनित ‘सामे स्क्वायर’को ट्रेलर रिलिज भएको छ । फिल्म सन २००३ मा रिलिज भएको सुपरहिट फिल्म ‘सामे’को सिक्वल हो ।

आइतबार फिल्मको ट्रेलर रिलिज गरिएको हो । फिल्मलाई हरिले निर्देशन गरेका हुन् । फिल्ममा विक्रम पुलिस अधिकारीको भूमिकामा देखिएका छन् । फिल्ममा उनका अलावा कीर्ति सुरेश, प्रभु गनेशन, बबी सिम्हा आदिको मूख्य भूमिका रहेको छ ।

फिल्मको सुटिङ नेपालमा समेत भएको छ तर काठमाण्डुमा छायाँकन गरिएको दृश्य भने ट्रेलरमा छैन् ।

Facebook Comments