ब्राजिलका लागि तीन पटक विश्वकपको उपाधि उचालेका पेले भन्छन्, ‘ब्राजिल राम्रो टिम होइन’

ब्राजिलका लागि तीन पटक विश्वकपको उपाधि उचालेका पेले भन्छन्, ‘ब्राजिल राम्रो टिम होइन’

एजेन्सी । ब्राजिलले तीन पटक विश्वकपको उपाधि जितिसकेको छ । ब्राजिलले हात पारेको यो अवसर लिजेन्ड फुटबलर पेलेका कारण सम्भव भएको हो । तर उनै पेलेले अहिलेको विश्वकपमा ब्राजिल राम्रो टोली नभएको प्रतिकृया दिएका छन् ।

ब्राजिलको टोलीमा राम्रो खेलाडी भए पनि उनीहरु एउटा टिमका रुपमा खेल्न भने नसक्ने उनको भनाई छ । रुस विश्वकप आउन एक सातामात्र बाँकी रहँदा आएको उनको यो भनाई अर्थपुर्ण मानिएको छ । ब्रजिललाई विश्वकपको उपाधि उचाल्ने दाबेदार टोलीका रुपमा मानिए छ । तर पेलेले ब्राजिलविरुद्ध प्रतिक्रिया दिदैं भनेका छन्, ‘ब्राजिलको टोलीमा व्यक्तिगत ट्यालेन्ट भएका खेलाडीहरु धेरै छन् तर उनीहरुले राम्रो टोलीका रुपमा खेल्नेमा मलाई चिन्ता छ।’

उनले ब्राजिलसंग राम्रो टिम नभएको बताएका छन् । तर उनले प्रशिक्षकको भने प्रशंसा गरेका छन् । उनले भनेका छन् ‘मलाई टिटे९प्रशिक्षक० को क्षमतामा विश्वास छ,’ पेलेले भनेका छन्, ‘तर विश्वकप नजिकिदै गर्दा हामीसँग राम्रो टिम नभएकाले पनि त्यतिकै चिन्ता छ।’

पेलेका लागि नेमार विश्वको सर्वश्रेष्ठ खेलाडी हुन् । उनले नेमारमा अनुभव र परिपक्वता बढेको भएपनि टीम वर्क बिना त्यो सम्भव नहुने उनको भनाई छ । राम्रो टोलीबिना नेमार एक्लैले विश्वकप जित्न नसक्ने पेलेले भनेका छन्।

पेलेले आफ्नो नजरमा ब्राजिलको उत्कृष्ट टोली १९७० को दशकको रहेको बताएका छन्। त्यसबेला आफूसहितका खेलाडीहरुले देशका लागि एक टिम भएर खेल्दै विश्वकप उचालेको उनले स्मरण गरे।

Facebook Comments