मेस्सीले अर्जेन्टिनामा भटे नयाँ प्रतिभा, अनुबन्ध गर्दै बार्सिलोना

मेस्सीले अर्जेन्टिनामा भटे नयाँ प्रतिभा, अनुबन्ध गर्दै बार्सिलोना
काठमाडौं  । नेइमारले वार्सिलोना छोडेपछि उनको विकल्पमा ल्याइएका उस्मान डेम्बेले राम्रो प्रदर्शन गर्न नसकेपछि उनको पनि विकल्प खोजिएको छ ।
बोका जुनियरबाट घरेलु लिग खेलिरहेका २० वर्षीय क्रिस्टियन पाभोनलाई मेस्सीले नेइमारको विकल्प हुन सक्ने भन्दै अनुबन्धका लागि सिफारीस गरेका छन् ।

मेस्सीको सिफारिसमा बार्सिलोनाले अर्जेन्टिनाका ती युवा खेलाडीलाई अनुबन्धन गर्ने तयारी थालेको समाचार एजेन्सीहरुमा जनाइएको छ । बार्सिलोनाले अनुबन्धका लागि ति युवाको टीमसँग सम्पर्क गरेको दाबी अर्जेन्टिनाबाट प्रकाशित एक रिपोर्टमा गरिएको छ । मेस्सी अहिले विश्वकप तयारीका लागि बार्सिलोनामा छन् । वार्सिलोनामै रहेर आफूसँगै विश्वकपको तयारी गरिरहेका पाभोनसँग मेस्सी निकै प्रभावित भएका छन् । रुस विश्वकपको तयारीका लागि अर्जेन्टाइन टोली हाल बार्सिलोनामा छ ।
ु’मैले पाभोनका रूपमा एउटा नयाँ साथी भेटेँ, मेस्सीले भनेका छन् ‘ऊ अरुभन्दा अलग र निकै फास्ट छ ।’ मेस्सीले अघि भनेका छन् ‘ऊ छिटो मात्र होइन, उसको निर्णय लिने क्षमता पनि निकै तिक्ष्ण छ’ । पाभोन लेफ्ट विंगर हुन् । नेयमारले छाडेपछि भित्र्याएका उस्मान डेम्बेलेले पनि अपेक्षाकृत प्रदर्शन नगरेपछि विकल्पको रूपमा पाभोनलाई भित्र्याउने तयारी बार्साले गरेको रिपोर्टमा दाबी गरिएको छ । बोका जुनियरबाट ७ नम्बर जर्सी लगाएर खेल्ने पाभोन घरेलु दर्शकका फेभरेट खेलाडीसमेत हुन् ।

Facebook Comments