कोरियन भाषा परीक्षाका ४७ नक्कली परिक्षार्थी प्रहरीको फन्दामा

कोरियन भाषा परीक्षाका ४७ नक्कली परिक्षार्थी प्रहरीको फन्दामा

काठमाडौं, २७ जेठ । शनिवार भएको नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली विद्यार्थी पक्राउ परेका छन् । प्रहरीले सात वटा परिक्षा केन्द्रवाट ४७ जना परिक्षार्थीलाई पक्राउ गरेको हो ।

अर्को व्यक्तिको परीक्षा दिन राहदानी र प्रवेशपत्र समेत लिएर परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिए ।

जेभियर इन्टरनेशनल स्कूल बौद्धबाट १३ जना, गोल्डेनगेट इन्टरनेशनल कलेज बत्तीसपुतलीबाट एक, भिएस निकेतन तीनकुनेबाट ११, नाबेल एकेडेमी नयाँ बानेश्वरबाट पाँच, युनिभर्सल कलेज मैतीदेवीबाट पाँच, जेभियर इन्टरनेशनल कलेज कालोपुलबाट चार र टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजारबाट ८ जनालाई पक्राउ गरिएको हो । दोस्रो दिन आइतबार पनि कोरियन भाषा परीक्षा भइरहेको छ ।

Facebook Comments