मनीषाले अभिनय गरेको फिल्म ‘संजू’ को गीत रिलिज

मनीषाले अभिनय गरेको फिल्म ‘संजू’ को गीत रिलिज
एजेन्सी । बलिउड सुपरस्टार संजय दत्तको जीवनका आधारीत फिल्म ‘संजू’ को गीत ‘कर हर मैदान फ़तहु’ रिलीज भएको छ । संजूमा मनीषा कोइरालाले पनि अभिनय गरेकी छन् । रणवीर कपूरले फिल्ममा संजयको भुमिका निभाएका छन् ।रणवीर कपूर संजय दत्तको विभिन्न अवतारमा देखिएको छ । विक्रम मोन्ट्रोसेले संगीत भरेका गीतमा सुखविंदर सिंह र श्रेया घोषालले स्वर दिएका छन् । संजय दत्तको रुपमा रणवीरलाई देख्दा दर्शकहरु छक्क परेका छन् ।

भर्खर रिलिज भएको गीतमा रणवीर कपूर ,परेश रावल र मनीषा कोइरालाले अभिनय गरेका छन् । रणवीरले सञ्जयको जिवलाई अभिनयमा जीवन्त बनाउने कोशिष गरेका छन् । गीतमा रणवीर कपूर , र नर्गिसको रोल गर्ने मनीषा कोइरालाबीचको सम्बन्धलाई ड्रीम सीक्वेंसबाट देखाइएको छ ।

फिल्ममा अनुष्का शर्मा, दीया मिर्जा,सोनम कपूर , परेश रावल , मनीषा कोइराला, बमन ईरानी र विक्की कौशल कलाकारहरु रहेका छन् । ‘संजू’ फिल्म २९ जून २०१८ मा रिलीज हुने भएको छ ।

Facebook Comments