बरिष्ठ कलाकार भिमबहादुर थापाको पशुपति आर्यघाटमा अन्तिम बिदाई गर्दा सबै भए भावविश्वल, हेनुहोस् भिडियो

बरिष्ठ कलाकार भिमबहादुर थापाको पशुपति आर्यघाटमा अन्तिम बिदाई गर्दा सबै भए भावविश्वल, हेनुहोस् भिडियो

काठमाडौँ । वरिष्ठ कलाकार भीम बहादुर थापाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । ९२ वर्षको उमेरमा गएराती २ बजे आफ्नै घरमा अन्तिम श्वास फेरेका बरिष्ठ कलाकार भिमबहादुर थापाको मंगलबार दिउसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।

अन्तिम श्रद्धान्जली सभामा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, वरिष्ठ कलाकार निर शाह, निर्माता राजकुमार राई, कलाकारहरु बसुन्धरा भुषाल, चैत्यदेवी, रविन्द्र खड्का, सुरबीर पण्डित,सबित बस्नेत, करण श्रेष्ठ, लगायतका कलाकारको उपस्थिीति रहेको थियो भने सयौँको संख्यामा रहेका उनका शभुचिन्तक तथा आफन्तहरुले अन्तिम श्रद्धाञ्जली दिएका थिए । ६ दर्जन भन्दा बढी चलचित्र, डेढ सय टेलिफिल्म र ५० भन्दा बढी विज्ञापनमा काम गरेका कलाकार थापाको निधनले नेपाली चलचित्र उद्योगमा ठूलो क्षती पुगेको छ ।

Facebook Comments