सयौँ सेना रानीमहल पुग्दा धुलो उडाउँदै आकाशबाट पालैपालो झरे हेलिकप्टर (भिडियो)

सयौँ सेना रानीमहल पुग्दा धुलो उडाउँदै आकाशबाट पालैपालो झरे हेलिकप्टर (भिडियो)

पाल्पा । पाल्पाको रानीमहलमा मंगलबार अनौठो दृश्य देखियो । तीन सय नेपाली सेनाको जत्था जब स्थल मार्ग हुँदै परेड खेल्दै रानीमहल दरबारमा पुग्यो, माथि देखिए हेलिकप्टरहरू । दरबार क्षेत्र धुलाम्य हुनेगरी पालैपालौ हेलिकप्टरहरू ओर्लदा माहोल साँच्चिकै हेर्न लायक थियो । प्रेमको प्रतिक भनेर प्रसिद्ध पाल्पाको रानीमहल दरबारमा हतियार र वन्दोवस्तीसहित नेपाली सेनाको यति ठूलो संख्या पुगेको यो पहिलो घटना हो । त्यसमाथि प्रधानसेनापति राजेन्द्र क्षेत्री समेत रानीमहल पुगेका हुन् ।

देशभरका सैनिक व्यारेकबाट छानिएका तीन सय भन्दा बढी सेनाको टोली विशेष तालिमको क्रममा रानीमहल पुगेको सेनापती क्षेत्रीले जानकारी दिए ।रानीमहल रिसोर्टका व्यवस्थापक सुरेश पाण्डेका अनुसार रानीमहलमा नेपाली सेनाका प्रधानसेनापति पुगेको यो नै पहिलो पटक हो । उनले यस अगाडि राजा बिरेन्द्र हेलिकप्टरमा रानीमहल आएका भन्दै राजपरिवारका सदस्यहरू यसै गरि बेलाबेलामा रानीमहल पुग्ने गरेका बताए । आँगन भरी नेपाली सेना र पालैपालो हेलिकप्टर ओर्लदा कस्तो देखियो रानीमहलको माहोल? यो भिडियो हेर्नुस्ः

Facebook Comments