रियल मड्रिडका फर्वाड क्रिष्टियानो रोनाल्डो रियल म्याड्रिड छोडेर युभेन्टस जाने पक्का, ११७ मिलियन डलरमा भयो भर्खरै सम्झौता

रियल मड्रिडका फर्वाड क्रिष्टियानो रोनाल्डो रियल म्याड्रिड छोडेर युभेन्टस जाने पक्का, ११७ मिलियन डलरमा भयो भर्खरै सम्झौता

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो इटालियन च्याम्पिन युभेन्ट्स जाने करिब पक्का भएको छ । रियल मड्रिडमा रहँदा कर विवादमा मुछिएपछि रोनाल्डो यसै ट्रान्सफर विन्डोमा युभेन्ट्स जान लागेका हुन् ।

युभेन्ट्स रोनाल्डोका लागि ८८ मिलियन पाउन्ड (११७ मिलियन डलर) खर्चिन तयार भएसँगै अध्यक्ष एन्ड्रिया एग्नेली ग्रिस पुगेका हुन् । त्यहाँ अध्यक्ष एन्ड्रिया र रोनाल्डोबीच ट्रान्सफबारे अन्तिम सहमति भएको गोल डटकमले जनाएको छ ।

पाँच पटकका विश्व वर्ष खेलाडी रोनाल्डोका लागि युभेन्ट्सले ८८ मिलियन पाउन्ड खर्चने भएको हो । रियल मड्रिड पनि रोनाल्डोलार्इ यो रकममा बेच्न तयार भएपछि युभेन्ट्सका अध्यक्ष एन्ड्रिया एग्नेली मंगलबार इटालीबाट जहाजमा ग्रिसको कालामाटास्थित विमानस्थलमा अवतरण गरेका हुन् ।

रोनाल्डो इटली जाने चर्चा चलेको केही दिनपछि मड्रिडले त्यसलाई औपचारिक पुष्टि गरेको हो । यससँगै रोनाल्डो १० वर्षे बेर्नाबाउ यात्रा अन्त्य भएको छ ।

३३ वर्षीय रोनाल्डोले रियल मड्रिडमा रहँदा चार पटक च्याम्पियन्स लिगको उपाधि उचाले । उनी २००९ मा म्यानचेष्टर सिटीबाट रियल मड्रिड आएका थिए । उनले क्लबका लागि ४५१ गोल गरे भने ५ पटक बालोन डि’ओर अवार्ड पनि जितेका छन् ।

रोनाल्डोले युभेन्ट्ससँग ५ वर्षको सम्झौता गर्ने भएका छन् । रोनाल्डो युभेन्ट्स जाने कुराको पक्का पक्की मंगलबार बिहान उनका एजेन्ट जोर्गे मेन्डेसले युभेन्ट्स रियल मड्रिडका अधिकारीसँग गरेका थिए ।

पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डोले सान्टियागो बर्नाबाउमा रहँदा रियल मड्रिडलार्इ २ सिजन ला लिगा उपाधि, दुर्इवटा कोपा डेल रे र चारवटा च्याम्पियन्स लिगको उपाधि जिताइसकेका छन् ।

Facebook Comments