एयर होस्टेजले आफु बस्दै आएको घरको छतवाट हामफालेर आत्महत्या गरिन (भिडियोसहित)

एक एयर होस्टेजले आफु बस्दै आएको घरको छतवाट हामफालेर आत्महत्या गरेकी छन् । साउथ दिल्लीमा भएको यो घटना पछि महिलाको परिवारले उनको आत्महत्या नभई हत्या भएको आशंकामा प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

३९ वर्षीया अनिशा भत्राले छतवाट हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । इन्डिया टुडेमा उल्लेख समाचार अनुसार उनी आफ्ना पति हज खानसंग बस्दै आएकी थिइन् । उनीहरुको विवाह सात वर्ष अघि भएको थियो ।

छतवाट हामफालेका कारण शख्त घाइते भएकी अनिशालाई उनका पतिले नजिकैको अस्पताल पुर्याएका थिए । तर अस्पताल पुग्नु अगावै उनको मृत्यु भइसकेको चिकित्सकहरुले बताएको हजले प्रहरी समक्ष बताएका छन् ।

महिलाको शवलाई पोष्टमार्टमको लागि अस्पताल पठाइएको छ । परिवारका सदस्यले उनको आत्महत्या नभई हत्या भएको भन्दै घटनाको छानविन गर्न प्रहरीसंग माग गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: