फ्रान्सका यी पुर्व खेलाडी अहिलेका प्रशिक्षक डिडियर डेस्च्याम्पस जस्ले आफैले खेल्दा फ्रान्सलाई विश्वकप उपाधि जिताउँदा टोली कप्तान थिए अहिले प्रशिक्षक

काठमाडौं – खेलाडी र प्रशिक्षकको भूमिकामा विश्वकप जित्ने कीर्तिमान फ्रेन्च प्रशिक्षक डिडियर डेस्च्याम्पस पनि बनाएका छन्।

एसियाविरूद्ध रुसमा सम्पन्न फाइनल खेल ४–२ ले फ्रान्सले जितेपछि डेस्च्याम्पस खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप उपाधि जित्ने तेस्रो व्यक्ति बनेका हुन्। यसअघि ब्राजिलका मारियो जागालो र जर्मनीका फ्रेन्ज बेकेन्बाउरले यो उपलब्धि हात पारेका थिए।

डेस्च्याम्पस फ्रान्सले १९९८ मा आफ्नै देशमा विश्वकप उपाधि जित्दा टोली कप्तान थिए। फ्रान्सले सन् १९९८ को विश्वकप जित्दा डेसच्याम्प टोलीको महत्वपुर्ण सदस्य थिए। ४९ वर्षीय डेसच्याम्पले सन् १९८९ देखि २००० सम्म राष्ट्रिय टोलीका लागि खेलेका थिए।

त्यसबीचमा यी डिफेन्सिभ मिडफिल्डरले एक सय तीन खेल खेल्दै चार गोल गरेका थिए। डेसच्याम्प सन् २०१२ यता फ्रान्सको प्रशिक्षक छन्। त्यसअघि डेसच्याम्प युभेन्ट्स,मोनाको र मार्सेलीको पनि प्रशिक्षक थिए।

जागालो खेलाडी हुँदा १९५८ र १९६२ मा ब्राजिलले विश्वकप उपाधि जितेको थियो। सन् १९७० मा ब्राजिलले विश्वकप जित्दा उनी प्रशिक्षक थिए। १९९४ मा जित्दा पनि सहायक प्रशिक्षक थिए।

फ्रान्सका बेकेन्बाउरले पनि सन् १९७४ मा कप्तानको भूमिकामा जर्मनीलाई उपाधि दिलाएका थिए। १९९० मा जर्मनीले उपाधि जित्दा उनी टिम प्रशिक्षक थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: