भरतीय दूतावासले नेपाल प्रहरीलाई दवाव दिएर चलाएको पुनमको कार्यक्रममा उत्तेजक डान्स गर्दै यस्तो हर्कत गर्न थालेपछि, ३ मिनेटमै प्रहरीले बाहिर निकाल्यो (भिडियोसहित)

भरतीय दूतावासले नेपाल प्रहरीलाई दवाव दिएर चलाएको पुनमको कार्यक्रममा उत्तेजक डान्स गर्दै यस्तो हर्कत गर्न थालेपछि, ३ मिनेटमै प्रहरीले बाहिर निकाल्यो (भिडियोसहित)

बलिउडकी ‘सी’ ग्रेड नायिका पुनम पाण्डेलाई ल्याएर विश्वकप फुटबलको फाइनल खेल देखाउने तयारीमा गरेको काठमाडौंको दरबारमार्गस्थित क्लव डेजाभुको योजना सफल भएको छ ।

दरबारमार्गस्थित क्लब डेजाभूमा विश्वकप फाइनल खेलको स्क्रिनिङ कार्यक्रममा भारतीय मोडल तथा हिरोइन पुन पाण्डे सहभागी हुने विषयले आइतबार दिनभरि चर्चा पायो।

उनलाई काठमाडौं निम्त्याउने क्लब डेजाभू विश्वकप फाइनलको स्क्रिनिङमा पुनमलाई जसरी पनि सहभागी गराउन चाहन्थ्यो। अश्लिलता प्रद्र्धन गर्ने भन्दै प्रहरी प्रशासन त्यसलाई रोक्ने पक्षमा देखियो।

बिहानदेखि क्लब र प्रहरी प्रशासनबीच यो विषयलाई लिएर दोहोरी चलेकाे थियाे। क्लब जसरी पनि पुनमलार्इ कार्यक्रममा सहभागी गराउे पक्षमा थियो। काठमाडाैं प्रहरी प्रशासन अश्लिलता प्रवर्द्धन हुने भन्दै राेक्ने पक्षमा थियो। ‘ऐन कानुनविपरित अश्लिलता बेच्न पाइँदैन, त्यही भएर कार्यक्रम रद्द भइसक्यो’, साँझ ५ बजेसम्म काठमाडौं प्रहरीले अडान राखेकाे थियो।

काठमाडौं प्रहरीको अडान त्यतिबेला धरापमा पर्यो जब भारतीय दूतावास नाइट क्लबको कार्यक्रमको पक्षमा उत्रियो। उसले नाइट क्लबकाे कार्यक्रम सञ्चालन र पुनमलाई थप सुरक्षा दिन प्रहरी प्रधान कार्यालय समक्ष आग्रह गरेकाे थियो।

क्लव डेजाभुले पूर्वस्वीकृति नलिएर भारतीय मोडल पुनम पाण्डेको नाचसँग विश्वकप फुटबल खेल देखाउने तयारी पहिलेदेखिनै गरेको थियो ।
‘भारतीय दूतावासले हेडक्वाटरसँग छलफल गरेपछि पुनमको सुरक्षामा ५० प्रहरी खटाइएका थिए ।’

दूतावासको दवाबपछि कार्यक्रम सञ्चालन गर्न प्रहरी प्रधान कार्यालय स्वयं सक्रिय भएको स्रोतले बतायो। हेडक्वाटरको निर्णयपछि पुनम पाण्डेको सुरक्षाका लागि ५० प्रहरी परिचालन भएका छन्। ‘याे भिअाइपी तहकाे सुरक्षा हाे’, स्राेतले भन्याे।

विश्वकप फाइनलको स्क्रिनिङका लागि काठमाडौं आएलगत्तै पुनमले आफूले समर्थन गरेकाे टोली क्रोएशियाले जिते के गर्छु हेर्न नाइट क्लब अाउन अाह्वान गरेकी थिइन्। उनी टपलेस हुने चर्चा चलेको थियो।

पुनम तिनै भारतीय मोडल हुन् जसले अघिल्लो विश्वकप क्रिकेट भारतले जिते निर्वस्त्र हुने बताएकी थिइन्। काठमाडौं आएलगत्तै शनिबार रिपोर्टर्स क्लबको पत्रकार सम्मेलनमा उनले भनेकी थिइन्, ‘मैले समर्थन गरेको क्रोएशियाले जितेमा म के गर्छु हेर्न आउनु होला।’ भारतीय मोडलले नेपाल आउनुअघि ट्विटरमा नांगो तस्विर पोष्ट गरेकी थिइन्।

Facebook Comments