२० लाख नगद र यमाहा एफ जेड पुरस्कार भएको ‘हिमालय रोडिज’ आजदेखी, यस्तो छ प्रोमो (भिडियोसहित)

२० लाख नगद र यमाहा एफ जेड पुरस्कार भएको ‘हिमालय रोडिज’ आजदेखी, यस्तो छ प्रोमो (भिडियोसहित)
काठमाडौं, १५ साउन । हिमालय रोडिजको दोश्रो सिजन आजदेखी प्रसारण हुने भएको छ । पहिलो सिजनको ब्यापक सफलतापछि टेलिभिजनको दोश्रो सिजनलाई पनि निरन्तरता दिएको हो । हिमालय टेलिभिजनबाट प्रसारण् हुने उक्त रियालिटी शोमा निर्णायकको भुमिकामा अभिनेतृ दीया मास्के, अभिनेता रेमनदास श्रेष्ठ र ¥यापर आशिष राना ‘लाउरे’ छन् ।गत संस्करणका विजेता समन श्रेष्ठ र दोश्रो हुने अनिमेष शाही प्रस्तोता रहने शो कुल १८ सृंखलामा सम्पन्न हुनेछ । रोडिजका विजेताले २० लाख नगद र यमाहा एफ जेड (२५० सिसीको मोटरसाइकल प्राप्त गर्नेछन । कार्यक्रम हरेक साताको सोमबार राती ८ बजे प्रशारण हुन्छ भने पर्दापछाडीका कुराहरु ९ बजे प्रसारण हुन्छ । यहाँ हेर्नुहोस् कार्यक्रमको प्रोमोः

Facebook Comments