क्यान्सर भएपछि यस्ती देखिइन् बलिउड अभिनेत्री सोनाली, किमो लिएपछि सोनालीको टाउको मुडुलो

क्यान्सर भएपछि यस्ती देखिइन् बलिउड अभिनेत्री सोनाली, किमो लिएपछि सोनालीको टाउको मुडुलो

अमेरिकामा हाइ ग्रेड क्यान्सरको उपचार गराइरहेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रेले आफ्नो नयाँ तस्वीर सार्वजनिक गरेकी छन् । यो तस्वीर उनका फ्यानहरुलाई झसङ्ग बनाउने खालको छ ।

तस्वीरमा सोनालीको टाउको पूरै मुडुलो देखिन्छ । केही दिनअघि उनले सैलुनमा पुगेर कपाल छोट्याएकी थिइन् । अहिले सम्भवतः किमो लिइरहेको कारणले उनको छोटो कपाल पनि सबै झरेको हुनुपर्छ ।

सोनालीसँगै तस्बिरमा सुजैन खान र शाहरुखसँग स्वदेश फिल्ममा देखिएकी गायत्री पनि देखिएकी छन् । मित्रता दिवसको खास अवसरमा सेयर गरिएको यो तस्बिरमा सोनालीमाथि क्यान्सरको उपचारको असर प्रष्ट देख्न सकिन्छ । यस तस्बिरलाई ऋतिक रोशनले खिचेका हुन् ।

तस्वीर सेयर गर्दै सोनालीले लेखेकी छन्, ‘बाल्ड इज ब्यूटिफुल ।’ साथै उनले आफ्नो मनको भावनासमेत अभिव्यक्त गरेकी छन् । ‘यो म हुँ र यो क्षणमा म खुशी छु । मानिसहरु मलाई देखेर अनौठो प्रतिक्रिया दिइरहेका छन् । यतिबेला मलाई सबैतिरबाट एटेन्सन प्राप्त भइरहेको छ । म हरेक पल खुशी रहने कारण खोजी गरिरहेकी छु,’ सोनालीले लेखेकी छन् ।

उनी अगाडि लेख्छिन्, ‘मलाई थाहा छ कि यो समय दर्दनाक छ र मेरो शरीरमा इनर्जि पनि कम छ । तर, म ती सबै कुरा गरिरहेकी छु जे म गर्न चाहन्छु । म आफ्ना साथीहरुप्रति आभारी छु जसले बलियोसँग मलाई साथ दिइरहेका छन् । मलाई एक छिन पनि एक्लो महसुस गर्न दिएका छैनन् ।’

Facebook Comments