साउदी अरब जेलबाट नेपाल आउँदा प्रेमबहादुरका आमा,श्रीमती र छोरिको खुशीको आशु थामिएन,सबैको सहयोगले नानीले बाबा भन्न पाइन् : श्रीमती [भिडियो सहित ]

साउदी अरब जेलबाट नेपाल आउँदा प्रेमबहादुरका आमा,श्रीमती र छोरिको खुशीको आशु थामिएन,सबैको सहयोगले नानीले बाबा भन्न पाइन् : श्रीमती [भिडियो सहित ]

केबलको तार चोरेको आरोपमा साउदी अरबमा जेल परेका प्रेमबहादुर राई घर फर्किनुभएको छ । इलामको माई नगरपालिका –४ का राई दुई वर्ष चार महिना जेल बसेर आइतबार नेपाल आइपुग्नुभएको हो ।राईले चलाएको लरीले बोकेको केबल तार चोरी भएपछि कम्पनीले त्यसबापत ३ लाख १० हजार रियाल अथवा ९५ लाख नेपाली रुपैयाँ तिर्नुपर्ने बताएको थियो ।तोकेको रकम तिर्न नसकेपछि कम्पनीले मुद्धा हालेपछि उहाँ जेल पर्नुभएको थियो । परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासमार्फत कम्पनीले तोकेको जरिवाना बुझाएपछि प्रेम नेपाल फर्किनुभएको हो । सबैको सहयोगले नानीले बाबा भन्न पाइन् : श्रीमती,भिडियो सहित

Facebook Comments