क्यानाडा–साउदी अरेबिया द्धन्द्ध : साउदी अरेबियाद्धारा क्यानाडाको हवाई उडान रद्द

क्यानाडा–साउदी अरेबिया द्धन्द्ध : साउदी अरेबियाद्धारा क्यानाडाको हवाई उडान रद्द

रियाद, २२ साउन (रासस/ सिन्ह्वा) / साउदी अरेबियाको राष्ट्रिय ध्वजाबाहक विमान सेवाले क्यानाडाको टोरन्टोमा गर्दै आएका उडानहरु रद्द गर्ने भएको जनाएको छ । उडानहरु अर्काे सोमबारदेखि रद्द गरिएको र त्यसपछिका लागि टिकटहरु बिक्री नगर्न आदेश दिइएको उक्त एयरलाइन्सले सोमबार जानकारी दिएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

क्यानाडेली विदेशमन्त्री र रियादमा रहेको दूतावासको विरोधस्वरुप साउदी अरेबियाले यो निर्णय गरेको बताइएको छ ।

क्यानाडेली विदेशमन्त्री क्रिश्टिया फ्रिल्याण्डले साउदी अरेबियाको जेलमा रहेका क्यानाडेली नागरिक समाजका एकजना अभियन्तालाई तुरुन्त रिहा गर्न दबाव दिँदै आउनुभएको छ ।

रियादमा रहेको क्यानाडेली दूतावास र विदेशमन्त्री फ्रिल्याण्डले ती क्यानाडेली नागरिकलाई तुरुन्त रिहा गर्न दबाव दिएपछि त्यसको विरोधस्वरुप साउदी अरेबियाले पछिल्लो निर्णयका रुपमा रियादबाट टोरन्टोमा भइरहेका उडानहरु रद्द गर्ने निर्णय गरेको हो ।

यसै विरोधस्वरुप साउदी अरेबियाले रियादमा रहेका क्यानाडेली राजदूतलाई पनि २४ घन्टाभित्र देश छोड्न सोमबारै आदेश दिएको छ ।

त्यसैगरी क्यानाडामा रहेका आफ्ना राजदूतलाई पनि फिर्ता बोलाएको छ । यसका साथै साउदी अरेबिया र क्यानाडाबीचको व्यापार व्यवसाय र नयाँ लगानीका सबै कार्यक्रमहरु पनि स्थगित गर्न आदेश दिइएको साउदी अरेबियाले जानकारी गराएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

उक्त एयरलाइन्सले अर्काे सोमबार पछिका लागि बुकिङ गरिएका टिकटहरु रद्द गर्न यसका यात्रुहरुलाई भनेको छ र यदि यसरी रद्द गर्दा कुनै पनि दस्तुर नलाग्ने गरी व्यवस्था मिलाइएको जानकारी पनि गराएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।