छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारी शौचालयमा फाल्ने आमा पक्राउ

लमजुङ, २२ साउन । नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए ।

परियारले छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारेर शौचालयमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: