टी २० को वरियतामा नेपालका ४ खेलाडी समावेश पोर्लाड भन्दा अगाडी पारस, रविन्द्र जाडेजालाई बशन्तले उछिने

टी २० को वरियतामा नेपालका ४ खेलाडी समावेश पोर्लाड भन्दा अगाडी पारस, रविन्द्र जाडेजालाई बशन्तले उछिने

एजेन्सी । आइसीसीले जारी गरेको नयाँ वरियतामा नेपालका चार क्रिकेट खेलाडी परेका छन् । जसमा क्रिकेट टोलीका कप्तान पारस खड्का, स्पीनर बसन्त रेग्मी, फास्ट बलिङ अलराउण्डर सोमपाल कामी तथा शरद भेषवाकर परेका छन् । पारस र शरद वरियतामा अण्डर सयमा परेका छन् । ब्याटिङतर्फ कप्तान खड्का ९०औँ तथा शरद ९८औँ स्थानमा परेका छन् ।

बसन्तको ३९७ तथा सोमपालको ३३८ रेटिङ छ । अष्ट्रेलियाका मार्कुस स्टोइनिस, इंग्ल्याण्डका बेन स्टोक, वेष्ट इन्डिजका आन्द्रे रेसल, भारतका रविन्द्र जडेजा भन्दा बसन्त अगाडी छन् । यस्तै सोमपाल कामी केन रिचर्डसन, सार्दुल ठाकुर भन्दा अघि छन् ।

पारस वरीयतामा किरण पोलार्ड, जर्ज बेली जस्ता खेलाडी भन्दा अगाडि छन् भने शरदपछि वेष्टइन्डिजकै डारेन शामी र जिम्बावेका सिकन्दर राजा छन् । पारसको २६५ तथा शरदको २३८ रेटिङ छ ।

टी २० मा ब्याटिङतर्फ अष्ट्रेलियाका आरोन फिन्च तथा बलिङतर्फ अफगानिस्तानका रसिद खान शीर्ष स्थानमा छन् ।

नेपालका कप्तान पारस खड्का टी–२० अलराउण्डरतर्फ ३७औँ स्थानमा छन् । सोमपाल ५७औँ स्थानमा छन्। यसमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल पहिलो स्थानमा छन् ।

नेपालले तीन वर्षपछि आइसीसीको टी–२० इन्टरनेशनल मान्यता प्राप्त खेल खेल खेलेपछि खेलाडीहरु वरीयतामा समावेश भएका हुन् ।

Facebook Comments