यि ८ जिल्लामा छन् लियोनेल मेसीले बनाइदिएका १४ वटा स्वास्थ्य चौकी, विश्वकप चलिरहँदा उनको सामाजिक कर्मको नेपालमा पनि चर्चा

यि ८ जिल्लामा छन् लियोनेल मेसीले बनाइदिएका १४ वटा स्वास्थ्य चौकी, विश्वकप चलिरहँदा उनको सामाजिक कर्मको नेपालमा पनि चर्चा

काठमाडौँ । विश्व्का चर्चित फुटबलर मध्येका एक हुन् अर्जेन्टिनाका स्ट्राइगर लियोनेल मेस्सी । अर्जेन्टिनी फुटबलर लियोनेल मेस्सीको नाम नसुन्ने नेपाली फुटबलप्रेमी शायदै होलान् । उनको टिम जारी विश्वकपमा मुस्किलले टप १६ मा उक्लँदा अजेन्टिनाका नागरिकहरु जस्तै अधिकांश नेपालीहरु पनि खुशीले फुरुगं छन् ।

कारण मेसीका सर्मथक नेपालमा अत्यधिक छन् । उनका सर्मथक जानेर नजानेर बढीरहँदा मेसीले नेपालमा पुर्याएको सहयोगको यतिबेला चौतर्फी चर्चा छ । गोरखा नगरपालिका १४ को देउराली स्वास्थ्य चौकीको ६ कोठे भवनको एउटा भित्तोमा भवन निर्माणको तिथिमिति सहित निर्माणका साझेदारहरुको नाम र लोगो छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय र युनिसेफको लोगोको बीचमा खासै नसुनिएको एउटा संस्थाको नाम र लोगो छ । त्यही लागेको नजिकै मेसीको पनि नाम छ । धेरैलाई युनिसेफले बनाइदिएको भन्ने थाहा छ, तर मेस्सीको पैसा भन्ने चाहिँ थाहा छैन । विश्वकप फुटबल चलिरहेको यो बेला उनको चर्चा जारी रहेका बेला मेसीले नेपालमा गरेको सहयोगको ब्यापक चर्चा भइरहेको छ ।

मेस्सीले नेपाललाई सिधै सहयोग रकम नपठाए पनि उनले परोपकारी काम गर्नका लागि स्थापना गरेको द लियो मेस्सी फाउण्डशेनले युनिसेफ मार्फत स्वास्थ्य चौकी भवन निर्माण गरेर समाजसेवामा आफ्नो नाम सुनौला अक्षरले लेखाउन भने सफल भउका हुन् । युनिसेफले भूकम्प प्रभावित जिल्लाहरुमा बनाएका कूल ७४ स्वास्थ्य चौकीमध्ये १४ वटाको भवन बनाउन मेस्सी फाउण्डेशनको पैसा खर्च गरकेो हो ।

Facebook Comments