हेटाैंडाको सिनेमा हलमा अागलागीः अझै नियन्त्रणमा अाएन, बाराबाट थप दमकल ल्याइँदै

हेटाैंडाको सिनेमा हलमा अागलागीः अझै नियन्त्रणमा अाएन, बाराबाट थप दमकल ल्याइँदै

हेटाैंडा, २३ साउन । हेटौंडा उपमहानगरपालिका-४ स्थित ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ । बुधबार बिहान एक्कासी हलभित्रबाट धुवाँ निस्कन थालेपछि आगो फैलिएको हो ।

घटनास्थलमा पुगेको प्रहरीको टोलील हलको भित्री भागमा बिजुली सर्ट भएपछि आगलागी भएको जनाएको छ । आगोलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको ठुलो टोली पुगिसकेको छ । तर आगो नियन्त्रणमा आइनसकेकाले यसबारे विस्तृत विवरण बुझ्न समय लाग्ने प्रहरीले जनाएको छ ।

ओम्याक्स सिनेमा हलमा लागेको आगो निभाउन बाराको अमलेखगञ्जबाट दकमल मगाइएको छ । हैटौँडामा रहेको एक मात्र दमकलले आगो निभाउन नसकेपछि अमलेखगञ्जबाट अर्को दमकल मगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Facebook Comments