चीनले बनायो संसारकै लामो समुद्री पुल, हङकङबाट मकाअाे एक घण्टामै पुगिने

चीनले बनायो संसारकै लामो समुद्री पुल, हङकङबाट मकाअाे एक घण्टामै पुगिने

काठमाडौं: चीनले संसारकै लामो पुल निर्माण गरेको छ । जसले छहङकङ, मकाओ र चीन जोड्ने छ ।  चीन अहिले धेरै मेगाप्रोजेक्टमा केन्द्रीत छ, जसले त्यहाँको शहरहरूलाई बदल्ने छ । चीनले बनाएका केही पूर्वधारले संसारको ध्यान तानेको छ । उसले निकै सुन्दर र अचम्म लाग्दा पूर्वधार बनाउँदै आएको छ । यही अवस्थामा चीनले संसारकै लामो समुद्री पुल बनाएको छ ।

यो पुलले हङकङ, मकाओ र चीनको दक्षिणी सहर झुहाईलाई जोड्नेछ । यो पुलको लम्बाई ३४ माइल छ । यो संसारको सबैभन्दा लामो समुद्री पुल हो । हङकङ–झुहाई–मकाउ ब्रिज नाम यो परियोजनाले यस क्षेत्रमा यात्रा गर्न आधा समय कटौती गर्ने बताइएको छ । अब लगभग एक घण्टामा मकाउबाट हङकङ पुग्न सकिने छ । यो पुलमा ६ लेन र चार सुरूङ छन् ।

जसमा एक सुरूङ पानि मुनीबाट बनाइएको छ । चीनले यो पुल बनाउनका लागि चार कृति आइसल्याण्ड समेत निर्माण गरेको छ । यसलाई धेरैले इन्जिनियरिङ आश्चर्य समेत भनेका छन् । यो पुल निर्माण ष्र्न ४ लाख २० हजार टन स्टिल प्रयोग गरिएको छ । जसले ६० वटा एफेल टावर बनाउन सकिन्छ । पुलमा दैनिक चार हजार सवारी गुड्ने आशा गरिएको छ । जसमा १० मिनेटको अन्तरालमा यात्री बस कुद्नेछन् । पुलमा पैदल यात्रीले यात्रा गर्न पाउँदैछन् ।

 

यो बस र कारका लागि मात्रै बनाइएको हो । यो पुलको आयु १२० बर्ष रहेको बताइएको छ । पुल १५ अर्ब अमेरिकी डलरको लागतमा निर्माण भएको हो । चीनले यस अघि नै दोस्रो लामो समुद्री पुल निर्माण गरिसकेको छ ।

 

जुन २६.३ माइल लामो छ । यो परियोजना २०११ मा सम्पन्न भएको थियो । १.५ विलियन डलरमा निर्माण भएको यो पुलले पूर्वी तटिय शहर किङदाओ र हुआङदाओलाई जोड्छ । चीनले अर्को महत्वकांक्षी योजना २ हजार १८० माइल लामो उच्च गतीको रेल्वे लाइन २०१९ सम्ममा बनाइसक्ने छ ।

Facebook Comments