पाकिस्तानी गायिका एवं नायिका रेश्माको आफ्नै श्रीमानद्वारा गोली हानी हत्या

काठमाडौं, २४ साउन । एजेन्सी – पाकिस्तानकी एक नायिका एवं गायिकालाई आफ्नै श्रीमानले गोली हानी हत्या गरेका छन् । पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा रेश्मालाई उनी बसेको घरमा जबर्जस्ती छिरेर उनका श्रीमानले गोली हानी हत्या गरेका हुन् ।

जियो टिभीका अनुसार आरोपीका चौथी श्रीमती रेश्मा आफ्ना भाइसँग हाकिमावाद इलाकामा बस्ने गर्थिन् ।

पुलिसका अनुसार घरायसी झगडाका कारण रेश्मालाई उनका श्रीमानले गोली हानेका हुन् । रेश्माका श्रीमान अहिलेसम्म फरार छन् ।

घटनाबारे अनुसन्धान भइरहेको पुलिसले जानकारी दिएको छ ।

यस वर्ष महिला कलाकारमाथि पाकिस्तानको खैबर पख्तुन्ख्वामा भएको यो १५ औं हिंसा हो । यसअघि फेब्रुअरी ३ तारिखमा स्टेज नायिका सुन्बुदललाई कार्यक्रममा प्रस्तुतीकै क्रममा हत्या गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।